दाङ, पुस २४ । दाङको घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्याधिक चिसो बढेकाले बिहीबार र शुक्रबार दुई दिन बिद्यालय बन्द गर्ने जनाएको छ ।
नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टी हुने गरी बिहीबार र शुक्रबार दुई दिन बिदा दिएको जनाएको हो ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु दुई दिन बन्द गरिएको उल्लेख छ ।
चिसोका कारण बालबालिकाको उपस्थित न्युन हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ।