शिवु खनाल
देउखुरी पुस, २४ | दाङको गढवा गाउँपालिकाले जाडोको समयमा गरिब, बिपन्न र सिमान्तकृत वर्गका तिनसय जना जेष्ठ नागरिकहरुलाई चालु आर्थिक वर्षको चार लाखको बजेटबाट कम्बल वितरण गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताउनुु भएको छ । जाडोले कठ्याग्रीएको बेला कम्बल पाउँदा जेष्ठ नागरिकहरु खुुसी भएको बताएका छन् ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बुुधवार कोइलाबासमा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गर्नुुभएको हो ।
कार्यक्रममा सामाजिक शुुरक्षा शाखाका ऋषि यादव, महिला तथा वालवालिका शाखाका संयोजक इश्वरा रावत, योजना शाखाका अधिकारी कुुलराज कुुमाल, प्रेस संयोजक शिबराज पन्थी, वडा सचिव लक्ष्मि कँडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण वडानं. ८ का सामाजिक परिचालक ऋषि चौधरीले गर्नुुभएको थियो ।
यसैगरी गढवा गाउँपालिकाले वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बाबुुराम अधिकारीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुुख आतिथ्यमा वडा नम्बर १ मा ४५ जना जेष्ठ नागरिकलाइ कम्बल वितरण गरेको छ भने वडा नम्बर २ का वडा अध्यक्ष भक्तुु चौधरीको अध्यक्षतामा वडा नम्बर २ का ४२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । दुुबै वडाका कार्यक्रमको संचालन प्रेस संयोजक शिबराज पन्थीले गर्नुुभएको थियो ।