चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २३ पुस | घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले बिहीवार र शुक्रबार नगर भित्रका विद्यालयहरु बन्द रहने जनाएको छ । नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज एक सूचना जारी गर्दै बर्षे विदा कट्टी हुने गरी भोली र पर्सि दुई दिन बिदा दिएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु दुई दिन बन्द गरिएको उल्लेख छ । चिसोका कारण बालबालिका समेत पनि विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *