शरण सम्झना कपमा चारवटा क्लब क्वाटर फाइनलमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१९ पौष | घोराहीको नवलपुरमा भैरहेको स्व. रामशरण सम्झना कपमा चारवटा क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन । आयोजक टिम राप्ती क्लब,रतनपुर ११,मेघा युवा क्लब र हापुर युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेका हुन । शनिबार बिहान भएको खेलमा हापुरले बबईलाई ३-१ ले पराजित गरेको थियो, दिउँस भएको खेलमा आयोजक टिम राप्ती क्लब र किसान जागृत युवा क्लब ०-० बराबरी मा रोकिएका थिए भने बेलका भएको खेलमा रतनपुरले युएनविसीलाई २-१ ले पराजित गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिहान भएको खेलमा  हापुर युथ क्लबका जर्सी न ११ का खेलाडी अक्षित पुन ,जर्सी न ३ का खेलाडी राम कुमार बस्नेत र जर्सी न ७ का खेलाडी मोहन बिएमले १-१ गोल गरेका थिए भने बबई युव क्लबका जर्सी न १० का खेलाडी एन्जस रोकाले १ गोल गरेका हुन |

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी रतनपुर ११ का जर्सी न. ९ का खेलाडी स्वप्निल कुमाई र जर्सी न. ११ का खेलाडी रविन रोकाले १-१ गोल गरेका थिए भने युएनविसीका जर्सी न. १४ का खेलाडी लेमन सागर डिसीले १ गोल गरेका थिए ।

राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ । नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको लिग कम नक आउटको पहिलो चरणको खेलमा १५ वटा टिम रहेका छन भने दोश्रो चरणको खेलमा ८ वटा टिम मात्र प्रतिश्पर्धा गर्ने फोर्थ अफिसियलका दीपक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि आईतावार लिग चरणका दुई ओटा अन्तिम खेलसंगै पहिलो चरण समाप्त हुने छ भने २१ गतेदेखी दोश्रो चरणको क्वाटर फाइनल शुरु हुनेछ । आईतावार दिउँस चौघेरा युथ क्लब र अटल युवा क्लब,बेलका फुर्सेखाली र नवलपुर युवा क्लब भिड्ने छन |
शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *