टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) को स्थलगत अवलोकन

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी पुस,१६ | दाङबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सबको अवसरमा लमही स्थित टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) को स्थलगत अवलोकन गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ति सामुदायिक वन भित्र रहेको पूर्वपश्चिम राजमार्ग देखि करिब चार किलोमिटर भित्र रहेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रमा रहेको गुफा, विभिन्न मठ मन्दिर, पोखरी लगायतको बुधवार स्थलगत अवलोकन गरिएको हो ।


गणतन्त्र राष्ट्रिय दैनिक लमही शाखा प्रमुख शिवु खनालको अध्यक्ष एवं टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र जलेश्वर महादेव समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको प्रमुख अतिथिमा सम्पन्न स्थलगत अवलोकनमा कार्यक्रममा प्रमुख अतिथि डिल्लीबहादुर खड्काले लमही नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय क्षेत्रहरुको चारवटा स्टीकर गुफामा टास गरि कार्यक्रमको उद्घाटन गर्नू भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) को ऐतिहासिक महत्वबारे जानकारी गराउदै ओझेलमा रहेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रलाई प्रचारप्रसार गरि प्रदेश नं. ५ को नमुना पर्यटन क्षेत्रको विकास गर्न गणतन्त्र पत्रिकालाइ आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सबको अवसरमा गणतन्त्र पत्रिकाका प्रमुख शिवु खनालले धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको लागि अहोरात्र खटी पर्यटकीय क्षेत्रको विकास र समृद्धिको हितमा निस्पछिय रुपमा कमल चलाउने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) समितिका अध्यक्ष डिल्ली खड्का, गणतन्त्र पत्रिकाका देउखुरी प्रमुख शिवु खनाल, देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार दुलमदाम चौधरी, मन्दिरका पुजारी धनबहादुर बैजालीघर्ती मगर, संस्थाका सदस्य प्रेमलाल चौधरी, दिकपाल योगी, जनक बुढा, पत्रकार प्रिया स्मृती गजमेर, टेकबहादुर पुनको संयुक्त सहभातिमा स्थलगत अवलोकन गरिएको थियो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *