जेष्ठ नागरिकले पाए ‘फाइबर सिरक’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
देउखुरी, पुस १६ | लमही नगरपालिका वडा नं. ९ को वडा कर्यालयले वडा अन्र्तगतका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । वडा कार्यालयको लक्षित बर्ग अन्तर्गत दुईलाख बजेटबाट वडा भित्र रहेका ९२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक बितरण गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा कार्यालयले ६० बर्ष देखि माथिका दलित समुदायका जेष्ठ नागरिक, अन्य समुदायका ७० बर्ष देखि माथी र ७० बर्ष देखि माथिका एकल महिलालाई फाइबर सिरक वितरण गरको हो । वडा कार्यालयबाट फाइबर सिरक पाउदा थुप्रै जेष्ठ नागरिकहरु खुसि भएका छन् ।


जिवनको अन्तिम घडिमा रहेका जेष्ठ आमबुवाका लागि यस प्रकारको कार्यले सम्मान हुने र जाडोमा पनि उनिहरुलाई न्यानो हुने भएकोले सिरक बाडिएको वडाध्यक्ष भेष बहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले राज्यले जेष्ठ नागरिकको हैसियतमा राखेर उच्च सम्मन गरिने बताईन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्राथमिक बिद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेत,वडा सदस्य खीम बहादुर योगी लगायतले बोल्नु भएको थियो । वडाका सचिव बुद्धिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *