आधारातमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु

दाङ, पुस १६ । पश्चिम दाङको बबई गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम जाँदै गरेको रा १ त ३२५७ नम्बरको ढुंगा बोकेको ट्याक्टर बबई गाउँपालिका २ रातामाटामा दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा चालक बबई गाउँपालिका वडा नं.५ जौबारी बस्ने २६ वर्षीय खुमबहादुर बुढाथोकीको मृत्यु भएको हो । चालक बुढाथोकीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहीले बताउनुभयो ।

यस्तै ट्याक्टरको सहचालक बबई गाउँपालिका वडा नं. २ रातामाटा बस्ने २५ वषीय टोपबहादुर खत्रीको टाउँकोमा गम्भीर चोट लागेको र उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *