शरण सम्झना कपमा युएनबिसीको शानदार जित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१५ पौष | घोराहीको नवलपुरमा भईरहेको शरण सम्झना स्मृति रनिङ फुटबल प्रतियोगितामा युएनबिसी बिजयी भएको छ | आज मंगलवार बिहान भएको खेलमा युएनबिसीले नवलपुर युवा क्लबलाई २-१ पराजित गरेको छ | खेलको शुरुवाती चरणमा १९ ओ मिनटमा युएनबिसीका जर्सी न १२ का खेलाडीले १ गोल र पहिलो हाफ पस्चात युएनबिसीका जर्सी न ११ का खेलाडी सागर चौधरीले १ गोल गरेका हुन | त्यसैगरि नवलपुर क्लबका जर्सी न ३ का खेलाडी नबिन गुरुङले १ गोल गरेक थिए |


राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ । नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको लिग कम नक आउटको पहिलो चरणको खेलमा १५ वटा टिम रहेका छन भने दोश्रो चरणको खेलमा ८ वटा टिम मात्र प्रतिश्पर्धा गर्ने छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै ७ वटा टिम खेलबाट बाहिरिने छन । त्यसैगरि आज मंगलवार दिउँसो बुद्ध स्पोर्टस भर्सेज सक्सेस स्पोर्टस र बेलका एबबई एफसी र अटल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *