निलसागर सेवा आश्रममा एक जनाको मृत्यु

सिसहनियाँ, १५ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक मनोसामाजिक समस्या भएका पुरुषको मृत्यु भएको छ । गत पौष ९ गते घोराहीबाट उद्धार गरि ल्याएका बोल्न नसक्ने, नाम ठेगाना खुल्न नसकेको नेपाली मुलको जस्तो देखिने ५०–५५ वर्षिय पुरुषको बेलुका ४ बजेको समयमा मृत्यु भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मादक पदार्थ सेवन गर्ने र दम रोगबाट समेत ग्रसित पुरुषको मृत्यु भएको हो । मृतकलाई प्रहरी चौकी सिसहनियाँ मार्फत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ दिन सम्म राखिने भएको छ । ३ दिन भित्र परिवार वा आफन्ती नआए । संस्था र जनप्रतिनीधि तथा सरोकारवालाको रोहवरमा अन्तेष्टि गरिने प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *