घोराहीमा फोहोरबाट ग्याँस

दाङ, पुस १५ । दाङमा फोहरबाट बायो ग्याँस उत्पादन गर्ने तयारी थालिएको छ। घोराही उपमहानगरपालिका क्षेत्रको संकलित फोहरबाट बायो ग्याँस उत्पादन गर्न लागिएको हो। करिब २० करोड लगानीमा बायो ग्याँस प्लान्ट निर्माण थालिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बताए। फोहोरलाई मोहर बनाउने गरि यो अभियानमा गर्न लागिएको घोराही उपमहानगरपालिकाका केसीको भनाइ छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले बायो ग्याँस प्लान्ट निर्माण गर्न लागेको केसीले बताए। त्यसको झण्डै ६० प्रतिशत कामसमेत सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइटको ३ विगाह क्षेत्रफलमा फोहोरबाट ग्यास उत्पादन गर्ने वायोग्यास प्लान्ट अहिले निर्माण भइरहेको छ।

भदौ महिनाबाट भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको र हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्रोजेक्टर मेनेजर हरिशरण श्रेष्ठले जानकरी दिए। अबको तीन महिनाभित्र प्लान्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाबाट निस्कने फोहरबाट बायो ग्याँस उत्पादन गर्ने गरी गत मंङ्सिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौता गरेको सात महिनापछि भदौबाट पूर्वाधार निर्माणको काम सुरु गरिएको हो। आगामी असारमा ग्याँस उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र रुपमा भइरहेको मेनेजर श्रेष्ठले जानकारी दिए। अहिले प्लान्ट स्थलमा ग्याँस उत्पादनका लागि एक ठूलो र दुई साना गरी ३ ग्याँस प्लान्ट निर्माण भइरहेका छन्।

सबै भौतिक निर्माणको काम सम्पन्न भएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्याँस उत्पादन गर्ने लक्ष लिइएको छ। भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ। जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ। सझौता अनुसार २० वर्षसम्म कम्पनीले आफैँ ग्यास उत्पादन गरेर बिक्री गर्ने छ भने कारोबारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनेछ। २० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने छ। ग्याँस प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको हुनेछ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकामा दैनिक २३ देखि २४ मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ। जसमध्ये ७० प्रतिशत गल्ने प्रकृतिको फोहोर उत्पादन हुने गरेको छ। उपमहानरपालिकाबाट उत्पन्न हुने फोहोरबाट ग्याँस निकाल्ने भएपछि यहाँको फोहर व्यवस्थापनमा सहज हुने र सेनेटरी ल्यण्डफिल्ड साइटको आयुसमेत बढ्ने घोराही उपमहानगरपालिका फोहोर व्यवस्थापन शाखाका प्रमुख प्रेमले जानकारी दिए।

गल्नेबाट ग्यास, नगल्नेबाट पैसा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ। नगरको बाताबरण तथा विपद् व्यवस्थापन समिति अन्तरगतको सरसफाई स्वच्छता शाखाले नगल्ने फोहोरहरुको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको बताएको छ।

कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो। प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहोर निश्चित ठाउँमा संकलन गर्ने र घोराही उपमहानगरले उक्त फोहोर खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ। फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाईको कार्यक्रम अन्तरगत साबुन, ब्रस, हारपिक खरिदमा लगाउने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए। नगल्ने फोहोर खरिदका लागि नगरले चालु आर्थिक वर्षका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरले प्लाष्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाईबरका झोलालाई प्रोत्साहन गर्ने नीतिसमेत अघि सारेको छ। नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहोरलाई खेतबारीमै मलको रूपमा व्यवस्थापन गर्नुपर्ने बताए। फोहोरलाई पैसासँग जोड्ने र ल्याण्डफिल साइडमा शून्य फोहोरको अबस्था ल्याउने सोच रहेको बताए। उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउँदै फोहोरलाई पैसासँग जोडेर व्यवस्थापनमा लाग्नु पर्ने बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *