शरण सम्झना कपमा बडहरा बिजयी


दाङ,१४ पौष | घोराहीमा भईरहेको दोस्रो शरण सम्झना स्मृति रनिङ फुटबल प्रतियोगीताले उत्साह थपिदै गएको छ । राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो रामशरण सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सोमबार बिहान् भएको बडहरा युथ क्लब र बुद्ध स्पोर्टस बिच खेलमा बडहराले बुद्धलाई ३-१ ले पराजित गरेको छ | शुरुवाती खेलमा बुद्ध स्पोर्टसका जर्सी न ७ का खेलाडी भिम बुढामगरले एक गोल गरेका थिए भने खेलको पहिलो हाफ पस्चात बडहरा युथ क्लबका जर्सी न ११ का खेलाडी मनोज रोकाले १ ,जर्सी न ९९ का खेलाडी जीबन रोकाले १ र जर्सी न ८ का खेलाडी बिक्रम घर्तीले १ गोल गरेका हुन |


नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको लिग कम नक आउटको पहिलो चरणको खेलमा १५ वटा टिम रहेका छन भने दोश्रो चरणको खेलमा ८ वटा टिम मात्र प्रतिश्पर्धा गर्ने छन | साथै ७ वटा टिम खेलबाट बाहिरिने छन |

Blog Post Ad Blog Post Ad Blog Post Ad


त्यसैगरी आज सोमबार दिउस अटल युवा क्लब भर्सेज हापुर युव क्लब र बेलका एस् एस् एफ ए र राप्ती क्लबका बिच प्रतिस्पर्धा हुनेछ ।शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *