‘सिकलसेल’ उपचारमा स्थानिय सरकार सक्रिय

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
दाङ, पुस, ११ । गत असारको दोस्रो साता मात्रै घोराही उपमहानगरपालिकाले सिकलसेल निदानको लागि निशुल्क शिविरको आयोजना ग¥यो । घोराहीको रामपुर, सौडियार र नारायणपुरमा गरिएको शिविरमा ५३ जना व्यक्तिमा सिकलसेल एनिमिया (हँसिया रक्तकोष रोग)का जीवाणु भेटिए । उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तिका अनुसार शिविरमा ३४३ जना शकास्पद व्यक्तीको रगत परिक्षण गरिएको थियो । शिविरमा सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको थियो ।


संख्याको आधारमा भन्दा पनि पोजेटिभ जीवाणु भेटिएका महिलाको संख्या ४१ र पुरुषको संख्या १२ रहेको थियो । त्यसमा पनि २० बर्ष देखी ५९ बर्ष उमेर समुहका व्यक्तीमा सिकलसेलको लक्षण बढी देखा परेको थियो । घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलसेलका विरामीको प्रारम्भिक जाँच गरिएको र थप उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने तयारी पनि गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यस भन्दा अगाडी जिल्लाका विभिन्न ठाउँमा करिव १०० बढी यस रोगका विरामी भेटिएका छन् । विशेषगरी जिल्लामा भेटिएका सिकलसेल एनिमियाका रोगीहरुलाई घोराही उपमहानगरपालिकाले मेयर रक्त संचार केन्द्रको स्थापना गरी निशुल्क रगत उपलब्ध गराउने, उनीहरुलाई रोजगार र आयआर्जका कार्यक्रम संचालन गर्ने एवम उपचार खर्च व्यहोर्ने जस्ता कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम मै उल्लेख गरेको छ ।
यस्तै विगत दुई बर्ष देखि गढवा गाउँपालिकाले पनि सिलकसेलका विरामीको निशुल्क जाँचको व्यवस्था सुरु गरेको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकरोज पौडेलका अनुसार पालिकाले जाँच सुरु गरे देखि हालसम्म ८ जना सिलसेलका विरामी भेटिएका छन् । उनीहरुलाई पालिकाले १० हजार नगद र सरकारले दिने अनुदानको लागि सिफारिस दिदै आएको छ । पालिका कै वडा नम्वर ७ ले पनि जाँचका लागि आएका प्रत्यक विरामीलाई १० हजार रुपैँया रकम सहयोग गर्दै आएको छ । संयोजक पौडेल चालु आर्थिक बर्षमा पालिकाका विभिन्न ठाउँमा सिकलसेल उपचारको लागि शिविर राख्ने तयारी समेत भएको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजपुर गाउँपालिकामा पनि चालु आर्थिक बर्ष देखि सिकलसेलका विरामी जाँच सुरु गर्न लागेको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका कमल रोकायका अनुसार पालिकाले जाँचको लागि एक जना ल्याप असिस्टेनलाई निशुल्क तालिम समेत दिइसकेको छ भने पालिकामा जाँचको लागि मेसिन समेत भित्राउको छ । दुई चार दिन भित्र जाँचको प्रक्रिया थालिने उहाँले बताउनुभयो । लमही, दंगिशरण गाउँपालिकामा पनि सिकलसेलबारे सचेतनाको काम हुदै आएको छ ।

एक जटिल रोगको सुचिमा राखिएको सिकलसेल एनिमिया रोगको उपचारको लागि संघिय सरकारले समेत प्रतिव्यक्ति एक लाख रुपैँया बरावरको उपचार निशुल्क दिदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामान्यतया जीवित प्राणीका रक्तकोष गोलाकार हुन्छन् । स्वाभावैले मानिसका रक्तकोष पनि गोलाकार नै हुने भयो । तर सिकलसेल एनिमिया भनेको रक्त कोषलाई हँसिया जस्तो आकारमा बदलेर व्यक्तिलाई पीडा दिने रोग हो । जसले मानिसको रक्तकोषलाई अर्धगोालकार अर्थात हँसिया आकारको बनाइदिन्छ ।

विभिन्न अध्ययन र चिकित्सकहरुको भनाईमा जव शरिरका रक्तकोष बाङ्गो र लाम्चो बन्दै जान्छन् तव शरिरमा अत्यधिक दुखाई सुरु हुन्छ । रक्तकोषले आकार परिवर्तन गर्दैजादाँ छाति, हात खुट्टाका औलामा अत्यधिक दुखाई सुरु हुन्छ । ज्वरो आउने, धड्कन बढ्ने र व्यक्तिलाई थकाइको महसुस हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विकलाङ्ग रक्तकोषिका कै कारण रक्तअल्पता, जन्डिस जस्ता रोगहरु देखिने, शारिरिक विकासमा अवरोध देखिने, घाउहरु देखापर्ने, पक्षघात हुने जस्ता समस्या देखा पर्छन् ।

लामो समय देखि सिकलसेल एनिमियाका विरामीको उपचारमा खटिनुभएका घोराही उपमहानगरका डा.प्रभास रिजालका अनुसार सिकलसेलको निदान गर्न समय र आर्थिक खर्च धेरै लाग्छ । ‘हँसिया रक्तकोष पत्ता लगाउन छाला, रगत र हेमोग्लोविनको जाँच गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘एउटा व्यक्तिको जाँच गर्न कम्तिमा आधा घण्टा लाग्छ र जाँच गर्ने मेसिन पनि निकै महंगो पर्छ ।’ त्यस्तै यस रोग लागेको व्यक्तिलाई निको पार्नको लागि बोन म्यारो प्रत्यारोपण गर्नुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुन निकै जोखिम पुर्ण र नेपालमा सम्भव नहुने उहाँ बताउनुहुन्छ । यहाँका अस्पतालमा हुने उपचार भनेको रोगको लक्षणको आधारमा गरिने उपचार नै भएको डाक्टर रिजालको भनाई छ । विशेष गरि रोगीको शरीरमा रगतको कमि भएमा रगत चढाउने, स्लाईन चढाउने, दुखाई ठिक पार्ने औषधी दिने गरिन्छ । नेपालमा हुने उपचार यति नै हुन् ।

पछिल्लो समय हसिँया रक्तकोष रोग थारु समुदायमा मात्रै देखिने भन्ने एक प्रकारको हल्ला फैलिएको छ । विभिन्न निकायले पनि थारु समुदायलाई लक्षित गरी रोग परिक्षण, सहयोग जस्ता कार्यक्रम ल्याएका छन् । तर यो सहि नभएको विभिन्न अध्ययनले देखाएको छ ।

 

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *