दाङ, पुस १० । घोराही उपमहानगरपालिकाले यस क्षेत्रको विपद व्यवस्थापनको लागि मनग्य रकम विनियोजन गरेको छ । उपमहानगरले आर्थिक बर्ष २०७६÷७७ को लागि विपद व्यवस्थापन, पुर्वतयारी, सचेतिकरण लगायतको कार्यक्रमको लागि करिव एक करोड ३४ लाख रुपैँया विनियोजन गरेको छ ।
ग्रामिण महिला उत्थान केन्द्रद्धारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले विहिवार विपद व्यवस्थापन शाखासँगको छलफलको क्रममा विपत् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले उपमहानगरपालिकाले विपतको क्षेत्रमा गर्दै आएको क्रियाकलापको बारेमा जानकारी दिनुभयो ।
उहाले दिएको जानकारी अनुसार नगर क्षेत्रमा हुने विपतको समयमा तत्काल राहतको लागि राहतकोष स्थापना गरेर ९० लाख रुपैँया विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार उपमहानगरले यस क्षेत्रमा हुने विपतलाई न्युनिकरण गर्न र तत्काल उद्दारको लागि दुई वटा दमकल समेत तयारी अवस्थामा राखेको छ भने नगर प्रहरी समेत परिचालनको व्यवस्था गरेको छ ।
विपद व्यवस्थापन प्रमुख शर्माले दिएको जानकारी अनुसार विपद व्यवस्थापनको लागि अहिले नगर र वडास्तरिय विपद व्यवस्थापन तथा उद्दार समिति गठन गरिएको छ । अपरझट् हुने विपदको समयमा खोज तथा उद्दालाई प्रभावकारी बनाउनको लागि स्थानिय राजनीतिक दल, रेडक्रस, वडा अध्यक्ष, सदस्य, सुरक्षा निकाय, लगायतको सहभागितामा समिति गठन गरिएको उहाँले बताउनुभयो ।
जुन अहिले वडाका १९ वटै वडामा गठन भैसकेको छन् । पछिल्लो समय नगरक्षेत्रमा बनिरहेको जलाशयहरुले निम्त्याएको दुर्घटनालाई न्युनिकरण गर्नको लागि जलाशय वरिपरि तारजातिको कार्यक्रम पनि राखिएको उहाँले बताउनुभयो ।
छलफलको क्रममा पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक नविन चौधरीले स्थानिय तह अन्तरगतका विषयगत शाखाले दिदै आएको सेवा सुविधा, कार्यक्रम र त्यसले जनतालाई दिएको प्रत्यक्ष लाभको विषयमा उजागर गर्नको लागि सामान्य जानकारी मुलक छलफलको आयोजना गरिएको बताउनुभयो ।
शाखाले दिएको सेवासुविधालाई आम जनतामाझ पु¥याउनको लागि नागरिक समाज, संचार क्षेत्र र गैरसरकारी संघसस्थाको भुमिका पनि हुने भएको हुदाँ परियोजनाले नियमित रुपमा विषयगत शाखासँगको छलफल संचालन गरेको बताउनुभयो ।
छलफलमा अपांग मानव अधिकार एवम् सरोकार केन्द्र दाङका अध्यक्ष शिव घर्ति, रेडक्रस सोसाइटी घोराहीका प्रमुख थम्मन चौधरी, परियोजनाकी पैरवी अधिकृत रजनी श्रेष्ठ, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।