तुलसीपुरमा करिब दुईसय क्षयरोगका बिरामी

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर,१० पौष | तुलसीपुर क्षेत्रमा झन्डै दुई सय जनाले नियमित रुपमा टि.बि (क्षयरोग)र एच.आई .भिको औषधी सेवन गदै आएको एक तथ्याङकले देखाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालु आर्थिक वर्ष साउन महिना देखी कात्तिक मसान्त सम्मको तथ्याङक हेर्दा तुलसीपुर क्षेत्रका एक सय पचासी जनाले नियमित रुपमा टि.बि र एचआईभिको औषधी सेवन गदै आएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनु भयो ।

स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक केसीका अनुसार १ सय २ जनाले टि.बिको औषधी सेवन गरिरहेका छन् भने ८३ जनाले एच.आई.भिको औषधी सेवन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले आफुलाई पाएक पर्ने राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित उपमहानगरका सवै स्वास्थ्य चौकीबाट निशुल्क औषधी सेवन गदै आएका छन् । टि.बि रोगबाट सवैभन्दा बढि ६५ बर्ष माथिका उमेर समुह प्रभावित हुने गरेको तथ्याङकले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले दिएको तथ्याङक अनुसार टि.बि रोग संक्रमितको संख्यामा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । जसमा टि.बि रोगका विरामी एक सय दुई जना मध्ये पुरुष ६८ जना रहेका छन् भने महिला ३४ जना रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै एचआईभी संक्रमितको संख्या ८३ रहेकोमा ४२ महिला रहेका छन् भने ४१ पुरुष रहेका छन् । जसमा १६ वर्ष माथीका उमेर समुहमा ४० महिला, ३८ पुरुष रहेका छन् भने १६ वर्ष मुनिका तिन बालक र दुई बालिका रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *