भ्रमण वर्षको उद्धघाटनमा भेष भुषाका नाँच

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ ८ पुस | नेपाल भ्रमण वर्षको उद्धघाटनमा विभिन्न भेष भुषाको नाँच प्रदर्शनी गरिने भएको छ । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङको मगलवार बसेको सचिवालयको बैठकले थारु, मगर,अवधी, नेवार समुदायको नाँच प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकले मगर समुदायको मयुर, भुमे, पैसरु नाँचको लागि सचिवालय सदस्य खलुप्रसाद पुनलाई जिम्मा दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरे थारु समुदायको नाँचको जिम्मा सचिवालय सदस्य भुवन चौधरीलाई जिम्मा दिएको छ । अवधी संस्कृति झल्कने नाँचको जिम्मा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ । बैठकले लाखे नृत्यका लागि नेवार समाज दाङका अध्यक्ष ध्रुवराज श्रेष्ठलाई जिम्मा दिने निर्णय भएको छ । त्यसैगरेर भजन मण्डली धारपानीको लागि विष्णुराम आचार्यलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले सोरठी नाँचको लागि घोराही उपमहानगरपालिका १३ का वडाध्यक्ष रविलाल घर्तीलाई जिम्मा दिने निर्णय गरेको छ । त्यसैगरेर बैठकले जिल्लाका सवै संघ सस्थालाई सहभागिताको लागि अनुरोध गरेको छ । त्यसैगरेर बैठकले जिल्लाका सवै पालिकालाई आ आफनो संस्कृत झल्कने झाँकी सहित सहभागिताको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिका भित्रका सम्पुर्ण टोल विकास संस्थालाई सहभागिता गराउन उपमहानगरपालिकामा अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरेर बैठकले उद्घाटन कार्यक्रमको लागि प्रमुख अतिथिको लागि प्रदेश न ५ का सभामुख पुर्णबहादुर घर्तीलाई बोलाउने निर्णय गरेको छ । बैठक समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षता एवम प्रदेश न ५का प्रदेश सासद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *