घोराहीमा औद्योगिक कृषि मेला संचालन हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ८ पुस | दाङ चेम्वर अफ कमर्सले आउदो माघ महिनामा घोराहीमा औद्योगिक कृषि मेला गर्ने भएको छ । कमर्सले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आउदो माघ १० गते पर्यटन प्रवद्धन, व्यापारिक तथा कृषि औद्योगिक कृषि मेला गर्ने जनाएको छ ।


चेम्वर अफ कमर्सका अध्यक्ष श्रीधर महराले दिएको जानकारी अनुसार नेपाल भ्रमण बर्ष २०२०को अवसरमा सरकारी कार्यक्रमलाई सघाउनको लागि आफुहरुले पनि महोत्सवको आयोजना गरेर पर्यटन प्रर्वधनमा सानो भए पनि भुमिका खेल्न चाहेको बताए । यक्षेत्रमा रहेका कृषि, उद्योग,पर्यटनको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नको लागि महोत्सवले भुमिका खेल्ने उनको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रमको बारेमा जानकारी दिदै उपाध्यक्ष घनश्याम अधिकारीले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्षलाई सफल पार्नको लागि र स्थानिय उत्पादनलाई प्रवर्धन, बजारीकरणमा सहयोग पर्याउनको लागि भुमिका खेल्ले बताए । उनले जिल्लाका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकिय स्थलहरुको प्रचारप्रचारको लागि पनि महोत्सवले सहयोग गर्नेमा आफुहरु आशावादी रहेको बताए ।

महोत्सवमा स्थानिय प्रतिभाहरुको खोजि तथा प्रोत्सानलाई पनि स्थान दिने, स्थानिय कला संस्कृती परम्परा र मौलिक कला, संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रम पनि राखिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा व्यापारिकसँगसँगै साँंस्कृतिक कार्यक्रम पनि हुने हुदाँ जिल्लामा राष्ट्रिय स्तरका कलाकारहरुलाई पनि ल्याईने जानकारी दिए ।
दाङ चेम्वर अफ कमर्सका अध्यक्ष श्रीधर महराको अध्यक्षता एवम पत्रकार महासंघका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *