रेडक्रसको दाङको स्वास्थ्य र सरसफाइ कार्यक्रम प्रभावकारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

कमिरेचौर, ८ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको स्वास्थ्य र खानेपानी ,सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना प्रभावकारि रहेको एक कार्यक्रममका सहभागीहरुले बताएका छन् । साथै उनिहरुले आगामि दिनमा अझै नमुनाका कामगर्न कार्यक्रमका बक्ताहरुले सुझाएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रेडक्रस दाङ जिल्ला शाखाको आयोजना र परियोजना संचालन रहेको बंगलाचुलि गाउपालिकाको समन्वयमा गाँउपालिका सभाहल कमिरेचौर सम्पन्न समीक्षा बैठकमा सहभागी बक्ताहरुले यस्तो बताएका हुन । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखा सभापति नारायण आचार्यको अध्यक्षता एवं बंगलाचुली गाँउपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख अतिथ्यता समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले रेडक्रस मानविय संस्था भएको भन्दै उसले गरेका काम मानविय हितमा आधारि भएको भन्दै कामको प्रशंसा गर्नूभएको थियो । साथै आगामि दिनमा अझै नमुना काम गर्न र दाङको कर्णाली मानिने गाउँपालिकालाइ स्वास्थ्य र खानेपानी, सरसफाइको पाटोमा टेवा दिन सुुझाव दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै कार्यक्रममा बोल्दै रेडक्रस जिल्ला सभापति नारायण आचार्यले बंगलाचुली गाउँपालिकामा रेडक्रको संचालन गरेको परियोजनाले जनाताको आधारभुुत आवश्यकतालाई पुरा गर्ने बताउनु भयो । साथै उहाँले जनताको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनहरुमा कार्यक्रमहरु गर्दै जाने समेत बताउनु भयो । उहाँले कार्यक्रम संचालन गर्नका लागि गाँउपालिकाको सकारात्मक सहयोग रहेको भन्दै प्रशंसा समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा २०१९ भित्र संचालित कार्यक्रमहरुको समीक्षा प्रस्तुति र उठेका प्रश्नको जवाफ जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले दिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले परियोजना संचालनको लागि बिगतदेखी देखाएको सक्रियता प्रति धन्यवाद दिदै बंगलाचुली गाँउपालिकाको परियोजना प्रति सहयोग र सदभाव प्रति परियोजना सहयोगि निकाय सिइएचपी नेपालगंजका उपकार्यक्रम निर्देशक राजकुमार क्षेत्रीेले धन्वाद ब्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखा सचिव जीवन नेपाली द्वारा संचालित काक्र्रममा बंगलाचुली गाउपालिकाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मि, आमासमुह प्रतिनिधि, म स्वा स्व से प्रतिनिधि, खानोनी उपभोक्ता समितिका प्रतिनिधि, गाँउपालिका शाखा प्रतिनिधि, रेडक्रस उपशाखाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *