हात्तिढुँगाको विकासका लागि गुरुयोजना

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुुर, पुस ५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको हात्तिढुँगालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि गुरुयोजना अगाडि वढाइने भएको छ । पर्यटनको राम्रो सम्भावना रहेको भन्दै सबै पक्षबाट सहयोग जुटाएर वृहत योजना वनाइने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरप्रमुख घनश्याम पाण्डेले उक्त स्थानको अवलोकन गर्दै सबै कुरालाई समेटेर वृहत परियोजना अगाडि वढाइने वताउनुभयो । उहाँले ढुँगा माटोको ढिस्कोमा अडिनुको कारण पत्ता लगाउनु भुगर्भविद्हरु मार्फत अध्ययन गराइने समेत वताउनुभयो । हात्ति वाघ ढुँगा पर्यटकीय समितिको आयोजनामा भएको कार्यक्रममा वोल्दै नगरप्रमुृख पाण्डेले तत्कालका लागि पार्क वनाइने समेत वताउनुभयो । तुलसीपुरले पर्यटकीय क्षेत्रको विकासका लागि वृहत योजना अगाडि वढाएको वताउँदै उहाँले हात्तिढुँगालाई पनि सोही परियोजनामा राखेर अगाडि वढाइने वताउनुभयो ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष पर्शुराम चौधरीले अलपत्र अवस्थामा रहेको हात्तिढुँगाको संरक्षणमा स्थानीय सरकारको सक्रियता हुनुपर्ने वताउनुभयो । उहाँले हात्ति ढुँगासँगै विभिन्न ऐतिहासिक र पौराणीक कुरा जोडिएको भन्दै त्यसको खोज र अनुसन्धान हुनुपर्ने कुरामा जोड दिनुभयो । संरक्षण समितिका अध्यक्ष वलवहादुर विकले वजेटको अभावमा काम गर्न नसकेको वताउँदै पर्यटकको संख्या वाक्लिदै गएको कुरामा जोड थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *