पत्रकार महासंघ दाङ शाखाको स्थापना दिवस : दर्जन बढि पत्रकार पुरस्कृत

Blog Post Ad Blog Post Ad Blog Post Ad

दीपक जिएम
दाङ, पुस ४ । नेपाल पत्रकार महासंघ दाङ शाखाले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको छ । २७ औँ वर्षमा प्रवेश गरेको नेपाल पत्रकार महासंघको दाङ शाखाले आफ्नो स्थापनाको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । पुस १ गते रक्तदान गरेको महासंघले २ गते तुलसीपुरमा पत्रकारको आँखा जाँच शिविर गरेको थियो । ३ गते लमहीमा जनप्रतिनिधि र पत्रकारविच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थापना दिवसको अबसरमा शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्दै विभिन्न पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजना अक्ष्यकोष दातालाई पुरस्कार र सम्मान वितरण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतमलाई पुरस्कृत गरिएको छ भने वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिबु खनाल, महिला सिर्जनशिल पत्रकारिता पुरस्कारबाट निरला अर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिल पोख्रेल पुरस्कृत हुनु भएको छ ।

यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कारबाट छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरसकारबाट अमरि क्षितिज भण्डारी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कारबाट ऋषि यादव, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट चेतन रेग्मी, चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट उदिराम चौधरी, दुर्ग टिका स्मृति पत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पत्रकार महासंघले यसवर्ष स्थापना दिवसका सन्दर्भमा राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईन र पुरस्कार अक्ष्यकोष दात्ताहरु शारदा शर्मा र होताराम अधिकारीलाई विशेष सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *