खाजा भत्ता बितरण गरेर खाजा कार्यक्रमको शुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ४ । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) घोराही दाङले आज शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खाजा वापतको रकम बितरण गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा विद्यालयमा भएको कार्यक्रममा अभिभावकहरुलाई खाजा वापतको भत्ता बितरण गरिएको हो । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षदेखि कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने वालवालिकाका अभिभावकहरुलाई खाता वापत प्रतिदिन प्रतिविद्यार्थी १५ रुपैयाका दरले साउनदेखि मंसिरसम्मको रकम बितरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेले आफ्ना वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले विद्यालयको शैक्षिक प्रगति र भौतिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अर्धबार्षिक परीक्षको नतिजा समेत सार्वजनिक गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षक, अभिभावक र विद्यार्थीहरुको सामुहिक प्रयासले शैक्षिक गुणस्तरमा बृद्धि हुनेमा जोड दिएका छन । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कक्षा ११ को पढाइ शुरु गरिने

यसैबिच सरस्वती माध्यमिक विद्यालय ब्यवस्थापन समितिको बैठकले आगामी शैक्षिक बर्षदेखि विद्यालयमा कक्षा ११ को पढाइ शुरु गर्ने निर्णय गरेको छ । विद्यालयको भौतिक अवस्थामा थप सुधार गरी आगामी शैक्षिक बर्षदेखि विद्यालयमा कक्षा ११ को पढाई शुरु गर्नका लागि अनुमति लगाएका प्रक्रिया शुरु गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले विद्यालयको स्थापना दिवस पुस १३ गते बिबिध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । बैठकले विद्यार्थीहरुका लागि बृत्ति मार्ग निर्देशन कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्यन गर्ने निर्णय समेत गरेको छ ।

ब्यवस्थापन समिति—शिक्षकबिच अन्र्तक्रिया

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै, नवगठित ब्यवस्थापन समितिको आयोजनामा शुक्रवार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबिच अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठले विद्यालयको शैक्षिक, भौतिक बिकासका लागि थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा शिक्षक हेमराज शर्माले कक्षा ९ का विद्यार्थीहरुका सञ्चालन हुन लागेको बृत्ति मार्ग निर्देशन कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु सुदीप गौतम, तिलक रावत, सुलोचना प्रधान, विष्णु कालाथोकी र पुष्पा पाण्डेय, विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेल, सहायक प्रधानाध्यापकद्धय प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ, परीक्षा समितिका अध्यक्ष कुलशेखर शर्मा, शिक्षकहरु निर्मला रावत, गोमा श्रेष्ठ लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सवैको साझा प्रयासबाट विद्यालयलाई एक नमुना विद्यालयका रुपमा अघी बढाउने गरी काम गर्नेमा जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *