सुरक्षित मातृत्व सेवा केन्द्र भवनको शिलान्यास

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, मंसिर ३० । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सुविधा सम्पन्न सुरक्षित मातृत्व सेवा केन्द्र भवन निर्माण गर्न लागेको छ । जापानी राजदुतावासको १ करोडको आर्थिक सहयोगमा सुविधा सम्पन्न स्तरीय प्रसुति तथा प्रजनन् स्वास्थ्यलाई व्यवस्थित गर्न १० कोठे भवन बनाउन लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गएको २७ सेप्टेम्बरमा परिवार नियोजन र जापानी दुतावासबीच भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने सम्झौता भएको थियो । विगतदेखि नै प्रभावकारी र स्तरीय सेवा प्रदान गर्दै आएको संघले गर्भवती महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ख्याल गर्दै थप सुरक्षित मातृत्व सेवा प्रदान गर्न भवन बनाउन लागेको शाखा प्रवन्धक बसन्त खनालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०३४ सालदेखि यौन तथा प्रजननका क्षेत्रमा निरन्तर प्रभावकारी सेवा प्रदान गर्दै आएको संस्थाले बढ्दो जनसंख्याको चाप व्यवस्थापन गर्न र स्तरीय सेवाका लागि मातृत्व सेवा केन्द्रको अभाव पूर्ति गर्न कामको शुरुवात गरिएको बताएको छ ।

यसैबीच, आज सोमबार एक समारोहका बीच सुरक्षित मातृत्व सेवा केन्द्र निर्माणको शिलान्यास गरिएको छ । परिवार नियोजन संघको परिसरमा बन्न लागेको उक्त भवनको राष्ट्रिय सभा सदस्य एवम् परिवार नियोजन संघकी पूर्व केन्द्रिय उपाध्यक्ष अनिता देवकोटा, परिवार नियोजन संघको महानिर्देशक कृष्णप्रसाद विष्ट र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको हो । 

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिलान्यास समारोहमा परिवार नियोजन संघको महानिर्देशक कृष्णप्रसाद विष्ट, अर्थ निर्देशक मोहम्मद सफीक, शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्यलगायत घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय पनि सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै परिवार नियोजन संघको महानिर्देशक कृष्णप्रसाद विष्टले शिलान्यास कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाई खुशी लागेको बताउनुभयो । जनताको स्वास्थ्य अवस्था सुदृढ बनाउनका लागि परिवार नियोजन संघले विभिन्न योजनाहरु बनाएकाले स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । आफुनो अभियानमा अन्र्तराष्ट्रियस्तरबाट समेत सहयोग प्राप्त भएकोमा विष्टले खुशी ब्यक्त गर्नुभयो । अहिले पनि धेरै महिलाहरु आफ्नो र आफ्नो बच्चाको स्वास्थ्य अवस्था प्रति सचेत नभएको चर्चा गर्दै उहाँले सचेतनाको विषयमा अझै कार्यक्रमहरु सञ्चालन गर्न परिवार नियोजन संघले कदम चालेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले जन्म, मृत्यु, बसाईसराईका कारण जनसंख्यामा प्रभाव पर्ने भएकाले यसको प्रत्यक्ष सम्बन्ध परिवार नियोजनसँग जोडिने बताउनुभयो । उहाँले महिला प्रजनन् अधिकार र सुरक्षित मातृत्वको कुरा संविधानमा उल्लेख गराउन परिवार नियोजन संघको पहल अहम् रहेको बताउँदै हरेक नागरिकले सुरक्षित र स्तरीय प्रजनन् स्वास्थ्य सेवा पाउने कुरामा गर्नु पर्ने काम अझै बाँकी रहेकाले सबैसँगको सहकार्य आवश्यक पर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शाखा सभापति तीर्थराज सन्तोषीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले सामाजिक सरोकार र स्वास्थ्य जस्तो गम्भीर कुरामा अव परिवार नियोजन संघले एक्लै सबै काम गर्न कठीन हुने हुँदा सरोकार निकायसँग सहकार्य र समन्वय बढाउँदै सेवा प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

यस्तै, उहाँले दाङको महिला प्रजनन् स्वास्थ्यका क्षेत्रमा परिवार नियोजन संघले उल्लेख्य सकारात्मक काम गरेको भन्दै आगामी दिनमा अझ स्तरीय सेवाका साथ काम अघि बढाउन बन्न लागेको भवनको अधिकतम उपयोगमा ध्यान दिन जोड दिनुभयो । यस्तै, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले पछिल्लो समयमा स्थानीय तह परिवार नियोजन संघसँग हरेक गतिविधिमा सँगसँगै रहेको बताउँदै संघले प्रदान गर्ने सेवा सुविधा स्तरीय हुँदै जानु सिंगो दाङका लागि गौरवको कुरा भएको बताउनुभयो ।

नेपालका लागि जापानिज राजदुत मासामिचि साईगोले सन्देश पठाउँदै आफु कार्यक्रममा उपस्थित हुन नपाएपनि दाङको घोराहीमा सुरक्षित मातृत्व केन्द्रको शिलान्यास हुँदा आफुलाई निक्कै खुशी लागेको समेत बताउनुभयो । परियोजनाले यस क्षेत्रका दिदि बहिनीहरुलाई अत्यावस्यक सेवाहरुको चिन्ता हटाउन अपेक्षाकृत आमाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न टेवा पुग्ने साईगोले सन्देशमा उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा शाखाका पूर्वसभापति गणेशराज श्रेष्ठ, केन्द्रीय सदस्य निर्मला गौतम रेग्मी, परिवार नियोजन संघका महानिर्देशक कृष्णप्रसाद विष्ट, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेय, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, संघका पूर्वअध्यक्ष नारायणप्रसाद अधिकारी, संघका आजीवन सदस्य खगराज पाण्डे, पत्रकार बसुन्धरा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पहिलो चरणका लागि प्राप्त १ करोड बजेटबाट सुरक्षित मातृत्व सेवा केन्द्रको भवन निर्माणका लागि हाललाई ८० लाख छुटट्याईको छ भने बाँकी २० लाख रुपैयाँले अल्ट्रासाउण्डलगायत प्रयोगशालाको लागि चाहिने उपकरण खरीद गरिने संघले जनाएको छ । शाखा उपसभापति भरतराज देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघकी सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *