घरघरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

भालुवाङ ३० मंसिर । दाङ देउखुरीको सिसहनियाँमा प्रदेश नम्बर ५ कै सवै भन्दा ठुलो खानेपानी आयोजना प्रगतीनगर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समितिले अवको १५ महिना भित्र घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य राखेको छ । समितिको आइतवार सिसहनियाँमा भएको दोस्रो वार्षिक साधारणसभामा इन्जीनियर चन्द्रकान्त झाले सो जानकारी गराएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सगरमाथा जेभी रमण काठमाण्डौँ सँग ३० करोड २९ लाख ९७ हजार ७ सय ६२ रुपैयाँ ५ पैसाको ठेक्कामा खानेपानीको काम सुरु हुन लागेको संस्थाका अध्यक्ष शान्तराज शर्माले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ५,७ र ८ मा खानेपानी पु¥याइने लक्ष्य रहेको अध्यक्ष शर्माले बताए । खानेपानी आयोजना निमार्णका लागि वडा नम्बर ४ को पिपरीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङकीबाट बिजौरी, पिपरी,जितपुर,बड्का सिसहनियाँ, प्रगतीनगर सिसहनियाँ र कमलरोडमा खानेपानी पु¥याइने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भने वडा नम्बर ५ को कालापानीमा २ लाख लिटर क्षमताको ट्याङकीबाट कालापानी, पहरुवा,लठ्ठहवा र सिंगेमा खानेपानी पु¥याइने संस्थाका अध्यक्ष शर्माले बताए । हाल सम्म विभिन्न निकाय सँग संझौता,छलफल, ठेक्का टेन्डर आह्वान र सहयोग रकम संकलनको काम सकिएको छ । अव ट्याङकी निमार्णको काम सुरु भइसकेको छ भने अवको १ महिना भित्र खानेपानी पाइप विछ्याउने काम सुरु गर्ने समितिले बताएको छ । त्यस्तै ५ ओटा वोरिङ र ४ ओटा फिल्टर समेत राखिने बताइएको छ ।

संस्थाले ती वडाका २ हजार १ सय ५६ घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य लिएको संस्थाका सचिव ओमनाथ बञ्जाडेले जानकारी दिएका छन् । घर आँगनमै शुद्ध खानेपानी आउने भएपछि स्थानीय समेत खुसी भएका छन् । हेन्डपाइपबाट आउने पानीमा कलर आउने र पानीको समेत गन्ध आउने समस्याले ग्रसित स्थानीयहरु आँगनमै शुद्ध खानेपानी आउने भएपछि संस्थालाई स्वत स्र्फुत रुपमा सहयोग समेत गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका अध्यक्ष शान्तराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन समितिका सचिव ओमनाथ बञ्जाडे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए । सभामा लमही खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिव सनम पौडेल,नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापती गंगाराम भट्टराई, शंकर सामुदायिक वन पिपरीका अध्यक्ष तुलाध्वज मल्ल, शंकर मावि पिपरीका प्रअ सुर्वनमान चौधरी,विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी,इन्जीनियर चेतकान्त झा,पत्रकार ओमप्रकाश गुप्ता,उपभोक्ता रेशम थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कोषाध्यक्ष अर्जुन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओमनाथ बञ्जाडेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *