बाल बिबाह रोक्न परिवार र बिद्यालय बढि जिम्मेवार

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ३० मंसिर | घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल बिबाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिनुभएको छ । बाल बिबाहले पार्ने शारिरीक र सामाजिक असरका बारेमा घर परिवार सँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, अभिभाबक र शिक्षकहरु बिच बालबिबाह र लैंगिक हिंसा नियन्त्रण गर्ने विषयमा आयोजना गरेको अभिमुखिकरणमा नगर प्रमुख चौधरीले बाल बिबाह नगर्न र नगराउन सबैलाई अपिल गर्नुभयो । बाल बिबाहलाई कानुनले समेत रोकेको भन्दै घरका अभिभाबक र विद्यालयका शिक्षकहरुले यस विषयमा सचेत पार्नुपर्ने उहाँको भनाई छ ।

उमेर नपुग्दैको बिबाहले शारिरीक, मानसिक, सामाजिक र आर्थिकरुपमा कुनै न कुनै बेला असर गर्ने भन्दै बाल बिबाहलाई सबै मिलेर रोक्न आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा शाखा प्रमुख मोती विश्वकर्माले बाल बिबाहका बारेमा बालक्लव, घर परिवार र विद्यालयले सचेतना जगाउने काम गर्नुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाल बिबाहले नै विभिन्न असरहरु निम्त्याउनुका साथै लैंगिक हिंसामा समेत जन्मने भन्दै सबै मिलेर कानुनले बन्देज गरेका कामहरुलाई रोक्नु पर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *