‘यामाहा एफजेड प्रस्तुत हिमालय रोडिज सिजन ३’ सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिमालय रोडिज सिजन ३– ब्लड, स्वुएट एण्ड टियर्स को पुनः फिर्तीको सम्पूर्ण तयारी पूरा भएको छ। उक्त कार्यक्रम हिमालय टिभी एचडीमा प्रसारण हुने बताइएको छ।

भारतीय फ्रेन्चाइज शो एमटीभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ। भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका कारण यो कार्यक्रम रोचक मानिन्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो सम्पूर्ण नयाँ सिजनको संचालन अरु कोही नभई रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन्। उन्को साथमा सम्झौता नगर्ने र कठोरताले भरिएको ग्याङ लिडर दीया मास्के, आशिष राना ‘लाहुरे’ जोडिनेछन्। नयाँ ग्याङ लिडरहरु अनुप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन्। उत्तेजनापूर्ण क्षणको लागि इन्धन भरिसकिएको छ।

हिमालय रोडिज ३ का निर्देशक श्री अमन अधिकारीले भने, ‘यो सिजन गहन छ। प्रतिद्वन्दी भनेको हामीले साक्षी दिन पाउँछौं। केवल प्रतिस्पर्धीहरु बीचमात्र होइन ग्याङ लिडरहरु बीचमा पनि जो केही गर्न चाहि रहेका छन् र आफ्नो सदस्यहरुलाई शिखरमा पु¥याउन हदैसम्म पार गरेका छन्।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले हिमालय रोडिज नेपालकै सबैभन्दा ठूलोमध्येको एक र अत्यन्त साहसिक रियालिटी शो भएको बताउँदै यसले रोडी उपाधि नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्ने दाबी गरे।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो। यो सिजन ३ मा पनि निरन्तर रहनेछ। यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु¥याउनेछ जसलाई उनीहरुले पार गर्नेछन्। यामाहा एफ जेड, शोले आफ्नो सहभागीहरु प्रति देखाउने कठोरतासँग दुरुस्तै मेल खाने परिपूर्र्ण सहयोगी हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एमएडब्लुका बजार प्रबन्धक विक्रम पौडेलले भने, ‘रोडिज शोको निर्माण प्रतिस्पर्धीहरुलाई हरेक पक्ष–आध्यात्मिक, शारीरिक अथवा भावनात्मक रुपबाट चुनौती दिनेगरी गरिएको छ र निश्चय पनि हर तरहले फिट हुनुको अस्तित्व रहनेछ। यो त्यहीं हो जहाँ यामाहा एफ जेड सिरिजको कुरा आउँछ, जुन हरेक अड्चनहरु पार गर्न तथा बिग्रेको परिस्थिति आउँदा र खराब हुँदै जाँदा उत्कृष्ट कार्य प्रदर्शन गर्न बनाइएको छ। यो यामाहा एफ जेड सिरिज हो र हामीले यामाहा एफजेड प्रस्तुत हिामलय रोडिजको हिस्सा बन्न रोजेका छौं।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *