मानसिक र शारिरीक स्वस्थ हुन योग

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २५ मंसिर | स्वस्थ्य र समृद्ध समाज निमार्णका लागि योग शिक्षालाई सम्पुर्ण नागरिकमा पु¥याउनुपर्ने एक कार्यक्रमका सहभमगिले जोड दिएका छन् । पतञ्जलि योग नगर समितिको आयोजना र गैराखालि योग केन्द्रको संयोजनमा आज तुलसीपुर–७ गैराखालिमा भएको ११० घण्टे सहयोग शिक्षक तालिम समापन कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

उनिहरुले योगका माध्यमबाट नागरीकलाई स्वस्थ्य, अनुशासित र मर्यादित बनाउन सकिने बताएका छन् । सहभागीले व्यस्त जीवन शैलीका कारण नागरिक शारिरीक तथा मानसिक रुपमा अस्वस्थ बन्दै गइरहेको भन्दै अब योगका माध्यमबाट नागरिकलाई स्वस्थ बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पतञ्जली योग तुलसीपुर नगर समितिका अध्यक्ष प्रलाद शाहको अध्यक्षता तथा पतञ्जली योग प्रदेश नम्बर ५ का महासचिब घनश्याम अधिकारीको प्रमुख आथित्यता एवं प्रदेश ५ का प्रशिक्षण विभागका प्रमुख दिपक बस्यालको विशिष्ट आथित्यतामा कार्यक्रम समापन गरिएको हो ।

नगर संयोजक टेकबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने सहभागीले समाजका हरेक व्यक्ति संस्कारी , सकारात्मक र अनुशासित भएमात्र नै देश समृद्ध हुने र यसको माध्यम पनि योग भएको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रदेश महासचिव घनश्याम अधिकारी, प्रदेश ५ का प्रशिक्षण विभागका प्रमुख दिपक बस्याल, प्रदेश ५ का सल्लाहकार डाक्टर अरुणकुमार श्रेष्ठ, जिल्ला महिला संगठन मन्त्री जानका गैरे, संगठन मन्त्री वामदेव धिताल , जिल्ला उपाध्यक्ष शिबकुमार आचार्य, जिल्ला सल्लाहकार योग प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसी , राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्मा, डा दिलीप धिताल, शिक्षिका विश्वमाया पराजुली लगायतले योगलाई गाँउगाँउमा लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तालिमको प्रतिवेदन र आयव्यय तालिम संयोजक तथा नगर सदस्य दुर्गाप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको थियो । ११० घण्टे सहयोग शिक्षक तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *