काम समान तर ज्याला फरक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ मंसिर | ज्यालामा हुने विभेदका कारण श्रमिक महिलाहरुलाई समस्या छ । विपन्न समुदायका महिला मजदुरी गरेर परिवार धान्दै आएपनि ज्यालामा विभेद हुँदा उनीहरुको गुनासो छ । दाङको शान्तीगनरकी कृपा बादीको दैनिकी पनि बालुवा चालेकै भरमा चल्छ । तर बालुवा चालेबापत् पुरुषले दैनिक पाँचसय रुपैयाँ पाउँदा महिलाले भने दैनिक ३ सय ५० रुपैयाँमात्रै पाउने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कामको आधारमा पुरुष र महिलालाई विभेद गर्न नपाइने कानुनी व्यवस्था छ । तर अझैँपनि कडाइका साथ यो व्यवस्था लागू हुन नसक्दा विभेद अन्त्य हुन सकेको छैन । बंगलाचुलीका पार्वती र उहाँका श्रीमानले समान काम गर्दै आउनुुभएको झन्डै ९ वर्ष भयो । निर्माण क्षेत्रसहित पाएजतिका काममा सँगै खटिने गरेको भए पनि पाउने ज्यालामा भने विभेद छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसका कारण पार्वती श्रम बजारप्रति त्यति सन्तुष्ट हुनुहुन्न । युएन वुमनको अध्ययन प्रतिवेदन २०१९ अनुसार सेवातर्फ महिला श्रमिकको सङ्ख्या बढ्नु पर्नेमा यो सङ्ख्या १ प्रतिशतले घटेको छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ अनुसार समान काममा लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न पाइँदैन । तर महिला श्रमिकले भने यस विषयमा न्याय पाउन सकेका छैनन् ।

सरकार भने कानुन कार्यान्वयनमा कडाइभन्दा पनि कसैले गुनासो गरे मात्रै समस्या समाधान गर्ने बताउँछ । विभिन्न ट्रेड युनियनहरूका अनुसार नेपालमा झन्डै १ करोडको हाराहारीमा श्रमिक छन् । त्यसमा महिलाको सङ्ख्या करिब ४ लाख छ । ठूला कारखाना तथा मध्यम स्तरका होटलहरूमा लिङ्गको आधारमा ज्यालामा २५ देखि ४० प्रतिशतसम्म विभेद हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *