तरकारी खेतीमा जोडिदै महिला, मासिक २० देखि २५ हजार आम्दानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

तु्लसीपुर, २५ मंसिर | तुलसीपुर उपमहानगरपालिका–४ लामीदमरकी धनसरी घर्तीलाई फुल्नै लागेका टमाटरलाई कहिले सम्म छिटा बनाइसकुँ भन्ने पिर छ । बारीमा एकातिर लटरम्म फलेका टमाटर, अर्कातिर फुल्नै लागेका टमाटर छन्, छेउमै लसुन उम्रेर भर्खर भुइ छोडेका छन् । आइतबार दिउँसो बारीमै पुग्दा धनसरी घर्ती टमाटरको स्यहार गरिरहेकी थिइन् । उमेरले करिब ४ दशक पुरा गरेकी घर्ती अहिले पनि तरकारी खेतीमा व्यस्त बनेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिगत लामो समयदेखि तरकारी खेती अंगालेकी ४० वर्षिया घर्ती पनि करिब ५ कट्टा जग्गामा तरकारी खेती गरेकी छन् । लामो समयदेखि व्यवसायीक रुपमा तरकारी खेती अंगालेकी घर्तीलाई श्रीमानले साथ दिएपनि टमाटर फलाउनेदेखि बिक्रि गर्नेसम्मको जिम्मेवारी उनले सम्हालेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घरमा तरकारी उत्पादन गरेर बिक्रि गर्न थालेपछि दैनिकी सहज बनाएकी उनले तरकारी खेती बाट मनग्य आम्दानी गरेकी छन् । उनले तरकारी खेतिबाट मासिक २० देखि २५ हजार सम्म गर्ने गरेको बताएकी छन् । ‘श्रीमान र मेरो गरी मासिक ५० हजार जति आम्दानी हुने गरेको छ, उनले भनिन्–‘तरकारी खेतीबाटै वार्षिक ६ लाख बढी आम्दानी हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

तरकारी खेती गर्नलाई केहि पनि गाह्रो नहुने सजिलै भएको उनले अनुभव व्यक्त गरिन् । ‘पहिला–पहिला अरुले गरेको देखियो र अनि शुरु गरियो तरकारी खेती गर्न, अहिले त सजिलो भएको छ ’ उनले भनिन् –‘तरकारी खेतीबाटै छोरा–छोरीको पढाई खर्चदेखि घर व्यवहार चलाएको छु ।’ श्रीमानको कमाईमा निर्भर रहनुपर्छ भन्ने परम्परालाई अन्त्य गर्न सफल घर्तीले आफुलाई काम गर्न असहज कहिल्यै नहुने बताइन् । ‘तरकारी खेती गर्न सहज नै छ, परिश्रम नगरि त सुख कहाँ छ र ? ’उनले भनिन्–‘तरकारी खेतिबाट आम्दानी हुन थालेपछि श्रीमानको कमाई आफुले खर्चनु परेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

’ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ लामिदमारका पम्पी डाँगीको दैनिकी पनि तरकारी खेतीमै बित्ने गरेको छ । उमेरले ५ दशक पुगिसकेकी डाँगीले तरकारी खेतीबाटै मसिक १५ हजार बढी आम्दानी गर्ने गरेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टमाटर, सिमि, लसुन लगायतका तरकारी खेतीबाट आम्दानी हुने देखेपछि ५० वर्षको उमेरमा पनि तरकारी खेतीलाई अंगालेको बताईन् । ‘बसेर खाने उमेरमा किन यस्तो दुख गरेर बसेको भनेर सबैले भन्छन्, तर मलाई बस्न मन लाग्दैन्, उनले भनिन् –‘ राम्रै आम्दानी भएपछि किन घरमा त्यत्तिकै बस्नु र ।’ तरकारीले बजार भाउ राम्रो पाउन थालेपछि यो पेशा झन छोड्न मन नलागेको उनले बताईन् । ‘यस्तो उमेरमा पनि महिनाको १५ हजार कमाएकै छु, उनले भनिन्–‘ आम्दानी हुन थालेपछि झन झन् खेती बढाउँदै लगेको छु ।’

 

उनले तरकारी बिक्रिका लागि कुनै समस्या नरहेको सुनाईन् । ‘ पहिले पहिले तुलसीपुर बजारमा तरकारी लैजानुपथ्र्यो, अहिले बारीमै तरकारी बिक्रि हुन्छ’ उनले भनिन् –‘ अहिले दुख अनुसार आम्दानी पनि राम्रै हुने गरेको छ ।’ समय अनुसार टमाटर, बन्दा गोपि, काउली, सिमि, लसुन , प्याज लगायतका खेती गर्ने गरेको उनले बताइन् । ‘टमाटरले बढी आम्दानी दिने भएकाले यसको खेती बढी नै हुने गरेको छ, तर अरु तरकारीको पनि खेती राम्रै हुने गरेको छ’ उनले भनिन्–‘अहिले प्याजको पनि बजारभाउ राम्रै भएकाले प्याज पनि खेती गर्ने गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *