मालागेडिले बजार पाएन

दाङ, मंसिर २५ । तुलसीपुर उप–महानगरपालिका वडा नं १९ छिलीकोटमा कृषकको आगन भरी मालागेडिको बिस्कुन सुकाइएको छ । बजार नपाउँदा कृषकले समयमै मालागेडी बेच्न पाएका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाकेर बोटबाट झर्न थालेपनि आधुनिक भण्डारणको व्यवस्था नहुँदा मालगेडी नष्ट हुँदै गएको कृषकहरुको भनाइ छ । छिल्लीकोट क्षेत्रका एक सय भन्दा बढी किसानले बगैंचामा मालागेडी लगाएका छन् । एक परिवारले कम्तिमा पनि पचास किलोसम्म मालागेडी बेच्ने गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष व्यापारीले उचित मूल्य नदिँदा उनीहरुले पाकेर नष्ट हुन थालेपनि मालागेडी बेच्न पाएका छैनन् । दाङमका उत्पादन हुने मालागेडी प्रसोधन गरी विभिन्न औषधि र अत्तर बनाउन प्रयोग गरिन्छ । भारतीय बजारमा मालागेडीको गुणस्तर हेरेर प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *