मुटु रोगबाट पिडित पत्रकार रिजाललाई लमही नगरपालिकाद्वारा आर्थिक सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ १९ मंसिर । लमही नगरपालिकाले २० हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका प्रदेश सदस्य महेश रिजालको स्वास्थ्य उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले नगरपालिकाले थोरै भएपनि आर्थिक सहयोग प्रदान गरेको लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले जानकारी दिएकी छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरपालिकाले बुधबार नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाहलाई २० हजारको चेक प्रदान गरेको हो । लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल देउखुरी भालुबाङका पत्रकार महेश रिजालको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको र उपचारमा मोटो रकम खर्च हुने भएपछि नेपाल पत्रकार महासंघ दाङले आर्थिक सहयोग अभियान सञ्चालन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस अघि पनि बिभिन्न संघ संस्था र ब्यक्तीगत रुपमा पनि सहयोग संकलन भएको थियो । भने संकलनको क्रम जारिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *