राप्ती गाउँपालिकाको पिपरीमा मानव सेवा आश्रम खुल्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता
सिसहनियाँ १८ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा मानव सेवा अाश्रम खुलेको छ । निलसागर मानव सेवा आश्रम नामक संस्थाले मानसिक सन्तुलन गुमाएका,असहाय तथा बेसहारा मानिसहरूलाई अाश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उदेश्यले खोलिएको आश्रमका दाङ जिल्ला संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संयोजक विष्टका अनुसार मंसिर ३० गते देखि सडकमा जिवन बिताइ रहेका असहाय,बेसहारा,मानसिक सन्तुलन गुमाएका तथा परिवारबाट बिचल्लीमा परेका मानवहरूलाई आश्रममा राखेर लालनपालन,अाैषधी उपचार,मनोपरामर्श दिने र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको मानसिक रोग डा. बोलाएर उपचार गर्ने तथा पुर्ण रूपमा ठिक भए घर सम्म पुर्‍याउने लक्ष्य संस्थाको रहेको बताएका छन् । साथै अाश्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति समेत लिइसकेको विष्टले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसै बिच निलसागर मानव सेवा आश्रमको आयोजनामा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सडकमा रात बिताउन बिवस असहाय तथा बेवारिसे मानवहरुलाई राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी आश्रममा राखेर सेवा गर्ने सम्बन्धमा महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छलफलमा प्रमुख अतिथि प्रदेश सभा सदस्य थारूले सरकारले गर्ने काम संस्थाले गर्न थालेकोमा खुसी व्यक्त गर्दै मानव सेवामा प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् । त्यस्तै गाउँपालिकाका अध्यक्ष सुवेदीले पनि मानव सेवामा स्थानीय सरकारको पुर्ण रूपमा अार्थिक,भाैतिक,नैतिक सहयोग रहने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसी, २ का अध्यक्ष जगतबहादुर थापा ,५ का अध्यक्ष गोवर्धन रावत ,६ का अध्यक्ष बेदप्रसाद चौधरी ,राप्ती गाउँपालिकाका प्रबक्ता, सामाजिक बिकास समितिका संयोजक तथा ७ का अध्यक्ष विद्याशरण चौधरी, ८ का अध्यक्ष गोकर्णबहादुर राना , निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी ,स्वास्थ्य संयोजक नारायण राउत,सेवा निबृत्त स्वास्थ्यकर्मी तथा समाजसेवी दिपेन्द्र न्यौपाने ,हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल,लेखापाल रेशमराज अधिकारी,सामाजिक अभियन्ताहरु तुला गिरी,गरिबु चौधरी ,देवप्रसाद चौधरी,दिनेश पोख्रेल ,श्रीधर अधिकारी,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,बन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरि भुसाल अन्य समाजसेवी तथा बुद्धिजीवी र निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनाल,उपाध्यक्ष नारायण (अमन) सुबेदी,इन्दिरा भन्डारी (खड्का )को समेत उपस्थिति रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *