विमला वलीद्धारा सपथ ग्रहण

दाङ, मंसिर १८ । दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा २ को उपनिर्वाचनमा विजयी हुनुभएकी विमला वलीले प्रदेश सभा सदस्य पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले बुधबार प्रदेश सभा सचिवालयमा एक समारोहका बिच सपथ ग्रहण गराउनु भएको हो । नवनिर्वा्चित प्रदेश सभा सदस्य वलीले देश र जनताको नाममा सपथ ग्रहण गर्नुभएको छ ।
सपथ ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै अबको जीवन राजनीतिमा बिताउने बताउनुभयो । श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्न लाग्ने बताउँदै सधैं जनतासँगै रहने बताउनुभयो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *