४ वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस र नर्सिङ परीक्षा बहिष्कार गरे, प्रवेश पत्र जलाइयो

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त चार वटा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएस, बिडिएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन्।

शुल्कका विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागि नहुने बताएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वीरगञ्जको नेसनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका सबै संकायको परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेजका विद्यार्थीले त प्रवेश पत्र नै च्यातेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भैरहवास्थित युनिभर्सका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेज परीसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए। शुल्क फिर्ताको माग राख्दै उक्त कलेजका विद्यार्थीहरु २० दिनदेखि रिले अनसनमा समेत छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो। तर, विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको सहमति मान्य नहुनेभन्दै विरोध गरिरहेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *