विप्लवबाट खतरा !

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, मंसिर १ । विप्लव नेतृत्वको नेकपाका उच्चस्तरिय २१ जना नेताहरुलाई पक्राउ गरेको दाङको प्रहरीले फेरी अर्को सफलता हात पारेको छ । दाङ र कपिलबस्तुको सिमानामा विप्लव माओबादीले लुकाएर राखेको अवस्थामा ठुलो मात्राको हतियार बरामद गरेर प्रहरीले सफलता देखाएको हो । प्रहरीले त्यो हतियारलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्न तयारी अवस्थामा राखेको तर गर्न नसकेको अवस्थामा फेला पारेको बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विप्लव समूहले एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्न नसकेर लुकाई राखेको अवस्थामा एसएमजी सर्ट मेसिन गन ५ थान, उक्त राईफलको म्याग्निन १३ थान र त्यसमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार विहान पत्रकार सम्मेलन गर्दै हतियार बरामद गरेको बारेमा जानकारी गराएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ र कपिलबस्तुको सिमाना हुँदै विप्लब समूहले ठुलो मात्राको हतियारहरु स्थानान्तरण गर्दैछ भन्ने सुचनाको आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गढवाको विशेष टोलीको खोजतलासबाट शुक्रबार बेलुका ६ बजे सो हतियार बरामद भएको हो । दाङको गढवा र कपिलबस्तुको शिवनगर नगरपालिका वडा नंं १ स्थितको सिमानामा रहेका बेवारिसे गोठहरुमा सुटकेश भित्र हतियार फेला परेको हो । एउटा सुटकेसमा राखेर पातपतिङ्गरले छोपेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रमुख प्रहरी परिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

‘दाङको गढवा र कपिलबस्तुको शिवनगर नगरपालिकाको सिमानामा ४÷५ वटा खाली गोठहरु रहेछन्, बेवारिसे अवस्थामा । त्यहा सुटकेस भित्र राखेर पातहरुले छोपेर राखेको अवस्थामा फेला पारेको हो ।’ उहाँले भन्नुभयो । हतियारको बारेमा थप अनुसन्धान भैरहेको भन्दै प्रहरी प्रमुख भट्टराईले सुचनाको आधारमा यी हतियारहरु विप्लव समूहले एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि तयारी अवस्थामा राखेको तर लैजान नसकेको अवस्थामा आफुहरुले बरामद गरेको बताउनुभयो । यी हतियारहरु कहाँबाट कता लैजान थालिएको हो । यी हतियारहरु कति वर्ष पुराना हुन ? भन्ने बारेमा प्रहरीले अध्ययन अनुसन्धान भैरहेको बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बरामद गरेको हतियार अत्याधुनिक रहेको बताएको छ । एकै पटक ३० वटा गोली हान्न सकिने यो हतियार अटोमेटिक मुडमा चलाउन सकिने प्रहरीले जानकारी दिएको छ । छोटो र सानो हतियार भएकाले यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान, लुकाउन सहज हुने प्रहरीले बताएको छ । ‘यो हतियारले एकै पटकमा धेरै गोली हान्न सक्छ । यो हतियारको एउटा अप्सनमा एउटा एउटा गोली पनि हान्न सकियो, अर्को अप्सनमा एकै पटक धेरैलाई गोली हान्नको लागि पनि सकिने भयो ।

त्यसैले यो हतियारलाई विश्वमा अत्याधुनिक हतियारको रुपमा हेरिन्छ ।’ यी हतियारहरु कहाँबाट आए भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । युद्धकालमा नेपाल आर्मीले बोकेको यो हतियार खोसिएको हतियार हो या बाहिरबाट ल्याएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचनको मुखैका यति ठुलो मात्रामा र अत्याधुनिक हतियारहरु बरामद हुने संकेत राम्रो नभएको आंकलन गरिएको छ । तर प्रहरीले आफुले निर्वाचन सुरक्षा सर्तकतालाई बढाउँदै काम अगाडि बढेको बताएको छ । केहि दिनमात्र देउखुरीको सिमानाकाबाट २१ जना विप्लव माओबादीका नेताहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीको यो कार्यले दाङमा विप्लव माओबादीको सक्रियता भित्रभित्रै बढ्दो मात्रामा रहेको छ भन्ने बुझ्न सकिन्छ । प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार मात्रै पश्चिम दाङको शान्तिनगर गाउँपालिका पटरेनीका प्रकाश बुढालाई पक्राउ गरेको छ । विप्लवको स्थानीय इन्चार्जको रुपमा काम गर्दै आएको अभियोगमा बुढालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *