प्रदेश ५ सरकारको उपहार : विपन्न परिवारलाई घर

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम मंसिर १ | रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट पाँचवटा घर निर्माण भैसकेको र चालु आर्थिक वर्षमा थप ४६ नयाँ घर बन्ने भएका हुन् ।

गत आर्थिक बर्षको जनता आवास कार्यक्रम अन्तर्गत रुकुम पूर्वमा प्रदेश ५ सरकारले पाँच विपन्न दलित परिवारका लागि नयाँ घर बनाइदिएको हो । आफ्नै लगानीमा घर बनाउन नसक्नेहरूलाई घर बनाइदिने प्रदेशको योजना अनुसार कोलका पाँच विपन्न दलित परिवार छनोट परेकानुसार नयाँ घर बनाइदिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *