भैलो रकमवाट सडक बत्ती जडान

घोराही, कार्तिक २३ । घोराही उपमहानगरपालिका १३ बडहरा स्थित अनुशासित महिला समूहले खेलेको भैलो रकमवाट सडक बत्ती जडान तथा मर्मत गर्ने भएको छ । समूहले भैलो खेलेर जम्मा गरेको १ लाख ४ हजार मध्येवाट ४० हजार रकमले जागृति टोलमा सडक वत्ती जडान तथा मर्मत गर्ने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त समूहले गत वर्षको भैलो खेलेर जम्मा गरेको ७५ हजार रकमले पुरै सडकमा बत्ती जडान गरेको समूहका अध्यक्ष हरिसरा घर्तीले बताउनुभयो । ४७ जना सहभागि रहेको महिला समूहले राज्यले गर्नुपर्ने काममा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले सामाजिक कार्यमा अग्रसर भएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । समूहका दिदिवहिनीको माग अनुसार भैलोको केही रकमवाट बनभोजको आयोजन गर्ने र ४० हजार टोल मार्फत सडक बत्ती जडान गर्ने सल्लाह अनुसार कार्य गरेको पनि समूहले जनाएको छ । समूहले आयोजना गरेको बनभोज कार्यक्रम समूहका अध्यक्ष हरिसरा घर्तीको अध्यक्षतामा र नेकपाका नेता समाजसेवी दयाजी रोकाको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा वराह क्षेत्र धार्मिक स्थल व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढा, वडहरा समाजिक सहकारी संस्थाका ओविलाल वली, बुद्धिजिवि ओपेन्द्र वली, होम वहादुर वुढा, जेष्ठ सदस्य नन्दकुमारी वली लगायतले समूहको कार्यप्रति शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सरिता वुढाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *