राप्ती गाउँपालिकामा कृषि प्रदर्शनी हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ २३ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा रामघाट मेला,कृषि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । ७ नम्बर वडा कार्यालयको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मेला आयोजना गरेको हो । मेलालाई थारू कलाकारहरूले मञ्च तताउने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्तिक २५ गते देखी २७ गते सम्म आयोजना गरिएको कार्यक्रम अन्तरगत २५ गते गाउँ टोल स्तरिय साँस्कृतिक कार्यक्रम, २६ गते राष्ट्रिय स्तरका थारु कलाकारहरू रोशन रत्गैया,शालिकराम चाैधरी,राजेन्द्र चाैधरी,बसन्ती चाैधरी,दोसहरण चाैधरी लगायतका कलाकारले सांगीतिक प्रस्तुती राख्ने र २७ गते पुरस्कार वितरण तथा युवा क्लवहरुको प्रस्तुति रहने वडा अध्यक्ष विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा विभिन्न जातजाति, भाषाभाषीहरुको साँस्कृतिक प्रस्तुती र ६ गाउँका उत्कृष्ट कृषकले उत्पादन गरेको कृषि बाली प्रदर्शन गरिने साथै रमाईलोका लागि मेला आयोजना हुने वडा सदस्य भिमलाल चौधरीले जानकारी दिएका छन् । वडा नम्बर ७ को बड्का सिसहनियाँ, छुट्की सिसहनियाँ, जगपुर, अर्नहनपुर, जितपुर र भानपुर गाउँका टोल स्तरीय समुहले स्थानिय कला संस्कृति संरक्षणका लागि साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शनका साथमा कृषि उत्पादन प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

धार्मिक तथा सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले आयोजना गरिएको मेलाबाट करिव ३ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ भने २ सय भन्दा बढी स्टल रहेका छन् । मेलाको मुख्य आकर्षणको रूपामा राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल अवलोकन,साँस्कृतिक प्रस्तुती,गेम अाइटम, बच्चाका खेलाैना,मनोरम दृश्य अवलोकन रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *