यसै बर्ष दाङका सबै गाउँ उज्यालो हुन्छन्ः उर्जामन्त्री पुन


रीता लामा
घोराही, २२ कात्तिक । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ले चालु आर्थिक बर्ष मै दाङ सहित देशका ४१ जिल्ला विद्युतीकरण हुने बताउनुभएको छ । ‘तपाईहरु ढुक्क हुनुस हामीले यसैबर्ष दाङको सबै गाउँलाई विद्युतको सहज पँहुच भित्र राख्छौ । यसको लागि बजेट र योजना सबै तयारी अवस्थामा छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad


उहाँले देशमा विद्युत उत्पादनको मात्रा बढीरहेको हुदाँ देशका अंधिकासं जिल्लाहरुका प्रत्येक गाउँबस्तीमा विद्युत पुर्याउने नेपाल सरकारले लक्ष्य पुरा हुन थालेको बताउनुभयो । ‘पहिलो चरणमा ४१ जिल्लाहरु पुर्ण रुपमा विद्युतीकरण हुन्छन् ।’ उहाँले भन्नुभयो ‘आगामी बर्ष अरु थप जिल्लाहरुलाई पुर्ण विद्युतिकरण गर्ने तयारी रहेको छ ।’ उहाँले विद्युतसँगै सौर्य, बायोग्यास लगायतका बैकल्पिक उर्जाको माध्यमबाट पनि देशलाई उज्यालो बनाउने अभियानमा लागेको बताउनुभयो ।


प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले हालसम्म केही विद्युत भारतबाट आयात गरे पनि आगामी बर्ष देखि निर्यातको चरणमा पुग्ने बताउनुभयो । उहाँले देशले चालु आर्थिक बर्षमा पुरा गरेको साढे आठ प्रतिशत आर्थिक बृद्धिदर पनि विद्युतको सहज पँहुच कै कारण सम्भव भएको दावि गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उहाँले आगामी बर्षसम्म देशले थप एक हजार मेघावट विद्युत मुख्य प्रसारण लाईनमा जोडिने हुदाँ कृषि, उर्जा, पर्यटन, होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको जिकिर गर्नुभयो । नेपालले भारत, बंगलादेश र चिनसँग विद्युत वेच्ने सहमति गरेको हुदाँ आउदो १० बर्षमा १५ हजार मेघावट विद्युत उत्पादन गरेर यी तिनै देशलाई विद्युत विक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।

सरकारले देशको भौतिक एवम मानविय विकासको लागि बाह्य र आन्तरिक लगानी बढाईरहेको हुदाँ समृद्ध नेपाल सुखी नेपालीको नारा छिट्टै पुरा हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रेस संगठन दाङका कार्यदल सदस्य प्रकाश चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यदलका नेता जेएन सागरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यदल सदस्य प्रेमबहादुर राम्जाले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *