दाङमा सासुद्वारा ज्वाँई माथि खुकुरी प्रहार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,कात्तिक २१ । दाङमा एक सासुको खुकुरी प्रहारबाट ज्वाँई गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी ३१ बर्षीय गणेश चन्दलाई माइती गएको समयमा बुधवार बेलुका सासुले खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकलकलेजमा रेफर गरिएको डिएसपी शाहले बताए । पत्निसंगै घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरस्थित सुसुराली गएको समयमा चन्दमाथि ४१ बर्षीया सासु आमा मधुकुमारी मल्लले छोरीलाई कुटेको भन्दै खुकरी प्रहार गरेको भन्ने खुल्न आएको डिएसपी शाहले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते चन्द र उनकी पत्नि २२ बर्षीय सरस्वती मल्लका बीचमा बुधवार बेलुका पौने ९ बजेतिर सामान्ने विवाद पछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि उनकी सासुले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन । घाइते चन्दलाई गएराति पौने ११ बजे थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो ।

खुकुरी प्रहार गरेको अभियोगमा सासु मधुकुमारी मल्ललाई प्रहरीले पक्राउ गरेको छ । डिएसपी शाहका अनुसार घटनावारे थप अनुसन्धान भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *