उपनिर्वाचन सुरक्षा कार्ययोजना’ फिर्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ कार्तिक | निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको छ । आयोगले बनाएको ‘उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्दे्शिका–२०७६’ सँग मेल नखाएपछि उक्त कार्ययोजना परिमार्जनसहित पुनः पेस गर्न मन्त्रालयमै फर्काइएको आयोगस्रोतले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोगका पदाधिकारी, गृह र रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सहभागितामा उपनिर्वाचन सुरक्षा तयारीसम्बन्धी संयुक्त बैठकमा सरकारबाट पेस गरिएको सुरक्षा कार्ययोजना स्पष्ट र चुस्त नभएकाले फिर्ता पठाइएको आयोग उच्चस्रोतले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्रोतका अनुसार केही दिनभित्रै पुनः आयोग र सुरक्षा प्रमुखसहितको बैठकले निर्वाचन सुरक्षा रणनीति तय गर्नेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावलाई निष्पक्ष, सुरक्षित र धाँधलीरहित बनाउन कुनै कसरत बाँकी नराख्ने गरी कार्ययोजना तयार भइरहेको बताउनुभयो ।

आयोगले ३७ जिल्लाका न्यायाधीशलाई सम्बद्ध जिल्लाको मुख्य निर्वाचन अधिकृत र न्यायसेवातर्फका ११ राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत चयन गरिसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *