नेकपाले टुंग्यायो उम्मेदवार

दाङ, कार्तिक १८ । आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले कास्की क्षेत्र नम्बर(२ मा प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्रीय समितिले सर्वसम्मत रुपमा पठाए अनुसार नै भट्टराईलाई सचिवालय बैठकले उम्मेदवार अनुमोदन गरेको हो ।

यस्तै तीन वटा प्रदेश सभा सदस्यमध्ये २ वटामा नेकपाले उम्मेद्वार उठाउने र एक ठाउँमा भने राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय पनि आइतबारको बैठकले गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ(३ ९ख० र भक्तपुर(१९क०मा आफ्नो उम्मेदवार उठाउने र बाग्लुङ(२९ख०मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

भक्तपुर(१९क०मा दवीप्रसाद ढकाल र दाङ(३९ख० मा विमला वलीलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको हो । प्रतिनिधिसभा तर्फ उम्मेदवार बन्नुभएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारी पत्नी हुनुहुन्छ । यस्तै दाङ(३९ख० मा उम्मेद्वार बन्नुभएकी विमला वली स्वर्गीय उत्तरकुमार वली पत्नी हुनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुवैको निधन भएपछि रिक्त भएको ठाउँमा उहाँहरुकै पत्नीलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको हो । रवीन्द्र अधिकारी पत्नी विद्याका लागि यो राजनीतिमा पुनरागमन हो भने वलीका लागि नयाँ प्रवेश हो ।

यस्तै सचिवालय बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *