घोराही–१६ मा कांग्रेसबाट डिसी उम्मेद्वार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१७ कार्तिक | घोराही उपमहानगरपालिका वडा नं. १६ को अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली काँग्र्रेसले ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाएको छ । नेपाली काँग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ मा बमोजिम घोराही १६ का तरुण दलका अध्यक्ष डाँगीलाई उम्मेदवार बनाएको नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ दाङले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अध्यक्ष पदको निर्वाचनकालागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशिल सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *