अन्तर्राष्ट्रिय व्यापारमा सुधार : निर्यात बढ्दै, आयात घट्दै

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ ।

आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्यांकले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ ।

विभागका अनुसार असोजसम्मको कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्यांक छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड रुपियाँ पुगेको छ ।

यसबीचमा पाम तेल, गलैँचा, चियाजस्ता वस्तु प्रमुख रूपमा निर्यात भएका छन् । निर्यातको आकार बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा ६ प्रतिशतबाट बढेर ७ दशमलव पाँच प्रतिशत पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयातको निरन्तर उकालो ग्राफ चालू आर्थिक वर्षको तीन महिनासम्म भने क्रमशः घट्दो देखिन्छ ।

अघिल्लो वर्षको असोजसम्म तीन खर्ब ७३ अर्ब रुपियाँको आयात भएकोमा यस वर्ष समीक्षा अवधिसम्म १० दशमलव ३४ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९४ करोड रुपियाँ पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयातको घट्दो प्रवृत्तिले अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा ९४ प्रतिशतबाट घटेर ९२ दशमलव ५ प्रतिशत पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *