प्रहरीद्धारा गोरु तस्करी नभएको स्पष्ट

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १२ पुस । गत पुस सात र आठ गते जिल्लाका केही संचार माध्यमले गोरु तस्करी शिर्षकको समाचारपति जिल्ला प्रहरी कार्यालय दाङले आपत्ती जनाएको छ । कार्यालयले एक विज्ञप्ती जारी गर्दै गोरु तस्करी भएको भन्ने समाचार झुठो र भमपुर्ण भएको दावि गरेको छ ।


भिमदत्त नगरपालिका कञ्चनपुरबाट सम्झौदा गरी कृषी प्रयोजनका लागि झापा नमुना गैरीगाँउ अर्गा्निक एग्रिकल्चर फर्मले उक्त ६ वटा ट्रकमा राखेर पशुचौपाया लैजान लागेको प्रहरीको भनाई छ । कञ्चनपुरबाट बिभिन्न जिल्ला पारहुँदै पूर्व पश्चिम राजमार्गको दाङको भालुवाङमा प्रवेश गर्दै गर्दा केही व्यक्तिले रोकेर अनावश्यक समाचारहरु अनलाइन र सामाजिक संजालमा फैलाएको प्रहरीको आरोप छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘केही व्यक्तिहरुले जवरजस्ती रोकी अवरोध गरेको भन्ने खवर पाएपछि प्रहरी पुगेको र अवरोध भएको पाइएकोले उक्त अवरोध हटाई गन्तव्य तिर जान दिएको हो ।’ विज्ञप्तीमा भनिएको छ ‘रातको समय भएकोले कुनै पनि अवान्छित घटना हुन गर्न नपाओस भन्ने उद्देश्य सम्वन्धित पक्षकै अनुरोधमा उक्त ट्रकहरु पुनः बाँके तर्फ फिर्ता गरिएको व्यहोरा सवैमा जानकारी गराइन्छ । ’

साथै जिल्ला प्रहरी कार्यालय दाङले दाङबाट कुनै पनि पशुचौपाया तस्करी नभएको र प्रहरीले कानून वमोजिम बाहेक यस्ता ट्रकहरु रोक्न नमिल्ने पनि उल्लेख गरेको छ । प्रहरीले मिलोमतोमा छाडेको भनी केही व्यक्तिहरु र केही मिडियाकर्मी समेतले दुस्प्रचार गरेको भन्दै प्रहरीले अनर्गल र भ्रमपूर्ण समाचार सम्प्रेशण नगर्न र पितपत्रकारिता नगर्न हुन अनुरोध गर्दै विज्ञप्ती प्रकाशन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *