चारवटा मात्र घर भएको त्यो अँध्यारो गाउँ

घोराही, कार्तिक १ नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्युरोका २१ जनामाथि अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्। दाङको स्थानीय र प्रदेश नम्बर पाँचको प्रहरी टोलीले संयुक्त रूपमा चलाएको कारबाहीमा राजपुर गाउँपालिका वार्ड नम्बर चारबाट उनीहरूलाई पक्राउ गरिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अधिकारीहरूले नेपाल भारत सीमानजिकै रहेको जङ्गल क्षेत्रमा अवस्थित उक्त गाउँमा एकदमै पातलो बस्ती रहेको र त्यहाँ बिजुली पनि नपुगेको जानकारी दिँदै बैठकमा भाग लिन त्यहाँ भेला भएका एकाध व्यक्ति भागेको हुन सक्ने बताएका छन्।

प्रहरीले उक्त स्थानबाट केही हतियार बरामद गरे पनि त्यसबारे विस्तृत खुलाएको छैन। दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सदरमुकामबाट चारदेखि पाँच घण्टा लाग्ने जङ्गलको बीचमा अवस्थित पातलो बस्ती रहेको इलाकाबाट प्रहरीले चन्द नेतृत्वको दलका केन्द्र र जिल्लास्तरका ती नेताहरूलाई नियन्त्रणमा लिएको बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले भने, गुरुङ नाका भन्ने नेपाल भारत सीमानजिकैको जङ्गल क्षेत्रबाट हामीले उनीहरूलाई पक्राउ गरेका हौँ। त्यहाँ जङ्गलको बीचमा सानो बस्ती छ। हामीलाई जानकारी दिइएको अनुसार जम्मा चारवटा घर छ भन्ने छ। त्यसमा राप्ती ब्युरोको कार्यक्रम चलिरहेको भन्ने थाहा पाएपछि प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको हो।

उनले थपे, रातिको बेलामा बत्ती थिएन अँध्यारो समय भएको हुँदा दुई चारजना भागेको पनि हुनसक्छन् भन्ने छ। अधिकारीहरूले घटनास्थलबाट केही हतियार बरामद गरिएको भए पनि हतियारको सङ्ख्या र प्रकृतिबारे विस्तृत खुलाएका छैनन्। दाङका प्रमुख जिल्ला अधिकारी रिजालले पक्राउ पर्नेमा चन्द नेतृत्वको नेकपामा दुईजना केन्द्रीय सदस्य अनि तत्कालीन राप्ती अञ्चल समेटेर बनाइएको ब्युरो अन्तर्गतका जिल्ला इन्चार्ज र सेक्रेटरीहरू रहेको उल्लेख गरे।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले धेरैजना व्यक्ति एकैचोटि पक्राउ परेकाले अनुसन्धानले केही समय लिन सक्ने पनि सङ्केत गरे। पक्राउ परेका व्यक्तिको विगत र अहिलेको आवद्धताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। विगतमा अन्य मुद्दाहरू छन् कि छैनन् वा कुनै घटनामा जोडिएका छन् कि छैनन् त्यो पनि हेर्नुपर्ने हुन्छ।

दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले पक्राउ परेका सबैलाई सदरमुकाममा ल्याइएको र अनुसन्धान अघि बढाइएको बताए। उनले नियन्त्रणमा लिइएका प्रत्येकबारे अनुसन्धान थालिएको भन्दै अहिले नै विस्तृतमा केही भन्न सकिने अवस्था नरहेको उल्लेख गरे।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ र हालैका महिनाहरूमा उनीहरूका नेता र कार्यकर्ताविरुद्ध कडा नीति अवलम्बन गर्ने गरेको छ। चन्द नेतृत्वको नेकपाको राप्ती ब्युरोको बैठक तीन दिन अघिदेखि भइरहेको सुराकीका आधारमा प्रहरीले पछिल्लो गिरफ्तारी गरेको हो।

द्वन्द्वकालमा राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा तत्कालीन माओवादी विद्रोहीहरूको बढी सक्रियता रहेको थियो। आफ्नो दलका गतिविधिमाथि लागेको प्रतिबन्धका माझ त्यस क्षेत्रमा केन्द्रित हुन खोजेका चन्दलाई अहिले भएका आफ्ना नेताहरूको गिरफ्तारीले ठूलो धक्का दिनसक्ने कतिपय जानकारहरू बताउँछन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *