ब्यबसायीले गरे जेष्ठ नागरिकलाई न्यानो कपड़ा बितरण

 तुलसीपुर,२५ असोज

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिजौरी क्षेत्रका उद्योगी, व्यवसायीहरुले दशैं खर्च कटाएर जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् । दशैमा हुने फजुल खर्च कटाएर प्रत्येक वर्ष सहयोग गर्दै आएका यस क्षेत्रका व्यवसायीहरुले शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको वृद्वाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गरेका हुन् ।

प्रत्येक वर्ष यस क्षेत्रका व्यवसायीहरुले दशैमा हुने अनावश्यक फजूल खर्च कटाएर असहाय, अनाथ, अशक्त, जेष्ठ नागरिकहरुलाई आवश्यकताअनुसार सामग्री वितरण गर्दै आएको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले जानकारी दिनूभयो । जाड़ो मौसमको सुरुवात भएसगै जेष्ठ नागरिकहरुलाई समस्या हुने भन्दै ब्याङकेट बितरण गरिएको ब्यबसायी तथा बिजौरी उधोग बाणिज्य संघका सदस्य बिदुर राज गौतमले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहयोग गर्नेहरुमा बिजौरी उधोग बाणिज्य संघका अध्यक्ष् मुक्त बहादुर वलि(मुकेश),सदस्य बिदुरराज गौतम, ब्यबसायी बालकृष्ण रेग्मी,दीपक केसी,तिलक डीसी,चित्रबहादूर खड्का,होमबहादुर बस्नेत,शिबराज केसी,यज्ञ बहादुर पुन,राम बहादुर ड़ांगी,बाबुराम रेग्मी,छितिज केसी डिल्ली बहादुर केसी गरी १३ जना व्यवसायीहरुले संयुक्त रुपमा रकम संकलन गरेर ब्लाङ्केट वितरण गर्नु भएको थियो । त्यसैगरी बडा दशै, शुभदिपावली र छठ पर्वको अवसर पारेर वृद्वाश्रममा फलफूल वितरण समेत गरेका थिए । वृद्वाश्रममा ९ जना महिला र ८ जना पुरुष जेष्ठ नागरिक बस्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *