भृकुटी महिला विकास सहकारीको साधारण सभा

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

भालुवाङ,दाङ २५ असोज । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाको १७ औँ वार्षिक साधारण सभा शनिवार आफ्नै कार्यालय परिसर मसुरीयामा सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी उपाध्यक्ष पार्वती सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ शाखा कार्यालय दाङका प्रमुख वेदप्रसाद भट्टराई,राष्ट्रिय सहकारी बैङक प्रदेश नम्बर ५ का तालिम संयोजक नारायण बेल्वासे, जिल्ला सहकारी संघका हरि भुसाल, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँकी राधा पाण्डे, महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका अध्यक्ष रुक्माङगत ज्ञवाली, सर्वहित बचत तथा ऋण सहकारी संस्था मौरीघाटकी मता केसी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरीकी अध्यक्ष कुशुम चौधरी, सल्लाहाकारहरु किरण भण्डारी, धर्मराज अधिकारी र पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सभामा ३ जना असल ऋणी, ५ जना असल बचतकर्ता, १ जना जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै १० जना शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *