उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज | आगामी मंसिर १४ गते दाङ सहित ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्रको टुंगो लागेको छ । जसमा २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जानकारी दिएको छ । बढीमा एक हजार एक सय मतदाताका लागि एक मतदान केन्द्र रहनेगरी केन्द्र निर्धारण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ । उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कूल मतदाता चार लाख ५४ हजार ११४ रहेको छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य समलिङ्गी मतदाता दुई जना रहेका छन् । दाङमा प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ को दुई र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा उप निर्बाचन हुदै छ । दाङमा ७३ हजार १७२ जना मतदाता रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *