बिजौरीमा श्रद्धाञ्जली सभा सम्पन्न, स्वर्गीय मज्गैयाको सम्झनामा अक्ष्यकोष स्थापना

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर,१४ असोज | नेपाली काग्रँेसका क्रियाशिल सदस्य एवं प्रजातान्त्रिक सेनानी खगेश्वर उपाध्याय मज्गैयाको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काग्रेँस साविक बिजौरी गाविसको आयोजनामा मगंलवार तुलसीपुर १८ बिजौरी स्थित एक कार्यक्रमका बिच स्वर्गीय मज्गैयाको निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली काग्रँेस साविक बिजौरीका इकाई सभापति हिमबहादुर डागीँको अध्यक्षता तथा नेपाली काग्रेँसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतामा एवं नेका क्षेत्र नं २ का सभापति भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले भन्नुभयो,– स्वर्गीय मज्गैया एउटा क्रान्तिकारी व्यक्तीत्व हो,नष्ठा र विचारले गर्दा उहाँको व्यक्तीत्व माथी उठेको थियो । स्वर्गीय मज्गैयाले समाजमा देखाएका निष्ठा र व्यबहार अनुकरणीय भएको भन्दै प्रमुख अतिथि खड्काले उहाँले देखाएको बाटोमा हिड्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने पनि बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा विशिष्ट अतिथि भुपबहादुर डाँगीले प्रजातन्त्र सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत रहनुभएको स्वर्गीय मज्गैयाको निधनले पार्टी र समाजमा अतुलनीय क्षती पुगेको बताउनुभयो ।

सो अवसरमा नेपाली काग्रेँस क्षेत्र नं २ ख का सभापती कमल प्रसाद गौतम,क्षेत्र नं २ सचिव बद्रिकुमार खड्का,सहसचिव प्रकाश सुबेदी,नेविसघं नेता बिदुरराज गौतम,प्रजातन्त्र बिचार समाज प्रदेश नं ५ का सयोजंक शखंर दिवस मज्गैया,नेकपा प्रदेश ५का कमिटि सदस्य लेखराज रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वर्गीय मज्गैयाको सम्झनामा अक्ष्यकोष स्थापना

यसैगरि स्वर्गीय खगेश्वर मज्गैयाको सम्झनामा परिवारले अक्ष्यकोष स्थापना गरेको छ । प्रजातन्त्रका सेनानीहरुलाई सम्मानका लागी परिवारले नेपाली काग्रेँस साविक बिजौरीको इकाई समितिलाई रु.२५ हजार रुपैया हस्तान्तरण समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा धन्यावाद ज्ञापन स्वर्गीय मज्गैयाका भतिजा यज्ञराज शर्मा मज्गैयाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण इकाई रविराज गौतमले गर्नुभएको थियो । स्वर्गीय मज्गैया २००५ सालमा बुबा दुर्गाप्रसाद मज्गैया र आमा देवा मज्गैयाको कोखबाट जन्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *