दङ्गीशरणमा थारु भिलेजका लागि जग्गाको अनुगमन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दङ्गीशरणमा थारु भिलेज निर्माणका लागि आज जग्गाको अनुगमन गरिएको छ । हेकुलीमा रहेको रानी वनको खाली जग्गामा दङ्गीशरण थारु भिलेज बनाउने भन्दै रानी वनको अनुगमन गरिएको हो । थारु भिलेजका लागि ८२ बिघा जग्गा आवश्यक पर्ने भन्दै रानी वनमा रहेको खाली जग्गालाई सदुपयोग गरिने गाउँ पालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । अनुगमन पछि अब कार्यान्वयनमा जाने प्रक्रियामा रहेको अध्यक्ष चौधरीले बताए । प्रदेश सरकार बाट परेको २ करोड बजेट दङ्गीशरण थारु भिलेज निर्माणका लागि छुट्याईएको छ । प्रदेश सांसद माननीय उत्तर कुमार वलीको नेतृत्वमा गाउँ पालीकाका अध्यक्ष भागिराम चौधरी, वडा न. ५का अध्यक्ष दिपक गौतम,वडा न.६ का अध्यक्ष टंक वली ,नेकपा नेता सीमा न्यौपाने,ओम नारायण चौधरी लगाएतको टोलीले अनुगमन गरेको हो ।

थारु समुदायको बाहुल्यता रहेको दङ्गीशरण गाँउपालिकामा थारु सस्ंकृतीलाई जर्गेना गर्ने उद्धेश्यले दङ्गीशरण गाँउ पालिकाले थारु भिलेज बनाउने भएको छ । थारु भिलेज निर्माण पछि दङ्गीशरण गाउँ पालिकाका यूवाहरु रोजगारमूखी हुने सांसद उत्तर कुमार वलीले बताए । सांसद वलीले यूवाहरुको लागि प्रदेश सरकार बाट गर्न सक्ने कुनै पनि काम गर्न आफु पछि नहट्ने बताए । स्थानीय तहमा अब बिकाश निर्माणको कामलाई गती दिने भन्दै सांसद वलीले यूवाहरु बेरोजगार हुने समस्या हटेर जाने बताए । त्यसैगरी आजै हेकुलीमा रहेको बिरेन्द्र मा.वि. को पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा सासंद वलीले बिधालयको भौतीक पूर्वाधारको निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने बताए । बिधालयका प्रधानाध्यापक खिमराज खनालले बिधालयको शैक्षिक र भौतिक अबस्थाका बारेमा जानकारी गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *