कोशेली घरमा कलात्मक काठका मुर्ति

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २७ भदौ | केही तमाखु खादै गरेका, केही जातो पिस्दै गरेका त केही लौरो टेकेर हिड्दै गरेका । थारु जातिको परम्परागत भेषभुसा, संस्कृति, र इतिहास झल्कने मुर्तिहरु राखिएका छन । त्यो पनि काठलाई कुदेर । घोराहीका एक काठ व्यवसायीले बनाएका कलात्मक मुर्तिहरु कोषेशी घरमा छन ।


जिल्लामा उत्पादित सामाग्रीहरुलाई स्थान दिने र दाङको पहिचान झल्काउने उद्देश्यले घोराहीमा उद्योग बाणिज्य संघले स्थापना गरेको कोशेली घर अझै प्रचारप्रसारमा आउन सकेको छैन । जसको कारण कोशेली घरमा राखिएका सामाग्रीहरमा आम उपभोक्ताको नजर पुग्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लामो समयको प्रयास पछि गत असोज महिनामा स्थापना भएको कोषली घरमा तुलसीपुरबाट उत्पादन हुने विभिन्न प्रकारका खुकुरी, थारु जातिको संस्कृतसँग जोडिएको आर्कषक ढकिया, जिल्ला मै उत्पादन हुने बेदका सामाग्री देखि दुना टपरी, मह, सिन्की, छुर्पि, घिउ, पेयपदार्थ, मासुको सुकुटी, केराको चिप्स, हातले बुनेका उनका स्वीटर लगायतका ११० प्रकारका सामाग्री राखिएको कोशेली घरकी संयोगक माया पोख्रेल बताउनुहुन्छ । अल्लोबाट बन्ने कोट, व्याग, जुत्ता, गलबन्दी, हाते पर्स पनि छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुन सामाग्री आर्कषकसँगसगै टिकाउ पनि हुने उहाँको भनाई छ ।तर उद्योग बाणिज्य संघमा राखिएका स्थानिय, आर्कषक र महत्वपुर्ण सामाग्री बारे उपभोक्ताहरु जनकार हुन सकेको छैनन । जसको कारण कोषेली घरमा कारोवार समेत बढ्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थापना गरिएको कोषेली घरको बारेमा आव्यवस्थापकमा कल्पना चौधरी एक महिनाको अवधीमा करिव ५० देखि ६० हजारसम्मको कारोवार भएको बताउनुहुन्छ । कोषेली घरको बारेमा स्थानियलाई थाहा नहुदाँ त्यहाँ राखिने सामाग्रीहरु गाउँगाउँमा आफै खोज्न जान परेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले कोषेली घरमा दाङ जिल्लाबाट उत्पादन भएका करिव १ सय १० प्रकारका सामाग्रीहरु छन । जुन सामाग्री जिल्लाको सीप, क्षमता र पहिचानसँग जोडिएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *